अफगानी अस्पतालको बेडबाट अमृतको परिवारलाई सन्देश- म ठीक छु, घर फर्कँदैछु - See more at:

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै मिनी बस चढेर ड्युटी जाने क्रममा १४ जना नेपाली नागरिकको निधन भएको छ भने पाँच जना घाइते भएका छन् । क्यानाडेली दूतावासमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उनीहरु चढेको गाडीमा अचानक दुर्घटना बिस्फोट भयो । एउटै बसमा सवार केही व्यक्ति भाग्यले बचे, त्यस मध्येका हुन् अमृत रोकाया क्षेत्री ।

अस्पतालको बेडमा रहेका क्षेत्रीले परिवारलाई सन्देश दिए ‘म मेरो परिवारलाई भन्न चाहन्छु, म ठीक छु । म घर फर्कनेछु ।’टाउकोमा ब्यान्डेज बाँधिएको अवस्थामा रहेका अमृतको फोटो पनि सार्वजनिक गरेको छ । अमृतसहित पाँच जना नेपाली आक्रमणमा घाइते भएका छन् ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues