खुल्लामञ्चमा अनसन छोडेर अष्ट्रेलिया पुगेका उपेन्द्र यादवको यात्रा यसरी बन्यो असफल
काठमाडौं, ६ असार । संघीय गठबन्धनको राजधानीको खुल्लामञ्चमा जारी रिलेअनसन छोडेर अष्ट्रेलिया भ्रमणमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भ्रमण फलदायी भएन ।
नयाँ संविधानप्रति असन्तुष्ट जनाउँनुका साथै संविधानको पुर्नलेखनको माग गर्दै आन्दोलनमा उत्रका यादवलाई अष्ट्रेलियाका नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिन नसक्दा भ्रमण निकै खल्लो भएको बताईएको छ ।
नेपालीहरुले मधेसी दलको नेता भन्दा पनि किन पहाडी, मधेसी र तराईको साझा नेता बन्न नसकेको ? भन्ने प्रश्न सोधेका थिए । अष्ट्रेलियामा रहेको संघीय समाज अष्ट्रेलियाको अधिवेशनमा सहभागी भएका यादवसँग भएको अन्तर्क्रिया र परिचयात्मक कार्यक्रममा अध्यक्ष यादवले नेपालीहरुको विभिन्न प्रश्नको सामना गर्नु परेको थियो ।
कार्यक्रममा एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालमा सुशासन र लगानीको ग्यारेन्टी भए विदेशमा रहेका आफुहरुजस्ता प्रवासी नेपालीहरु लगानीका लागि तयार रहेको बताए । एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालले गठबन्धनको आन्दोलनको उद्देश्यमा नै नेताहरु प्रष्ट नदेखिएको भन्दै आन्दोलनको उद्देश्य प्रष्ट हुनुपर्ने बताए ।
अष्ट्रेलियाको लेबर पार्टीकी सांसद सोफी कोस्टिस, क्यान्टबरीका पूर्वउपमेयर कार्ल सालेह, महावाणिज्यदुत दीपक खड्का लगायतको कार्यक्रममा पहाडी, मधेसी र तराईवासी नेपालीहरुको साझा नेता हुन किन नसकेको भन्दै प्रश्न गरेका थिए ।
अध्यक्ष यादवले दिगो सरकार नबनेसम्म नेपालका सबै समस्याहरु समाधान हुन नसक्ने दाबी गरे । मधेसीहरु राष्ट्रवादी भएको र आफुहरुले अहिलेसम्म देशको अहितमा कुनै पनि काम नगरेको दाबी गर्दै यादवले अन्य राजनीतिक दलहरुले नै राष्ट्रमा अहित हुने कामहरु गरेको बताए
Don't Forget To Join US Our Community

