यस कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुत्ने बेलामा प्रधानमन्त्री केपी ओलीलाई सम्झिने गर्छन रे - See more at:

काठमाडौं, ६ असार । युवासंघ नेपालका पूर्व अध्यक्ष एंव पूर्व उद्योग मन्त्री महेश बस्नेतले तराई मधेसमा जनताको विपक्ष चलाइएको आन्दोलन तुहिएको दावी गरेका छन् ।
युवा संघ नेपालले सञ्चालन गरेको ‘तराईमा बजेट बहस’ कार्यक्रममा महोत्तरीको बर्दिबास पुगेका बस्नेतले भने, ‘भारतको रिमोटबाट नेपाल नचल्दैन, अब भारतसंगको ब्यापार घाटा अन्त्य गर्नुपर्छ ।’
कार्यक्रममा बस्नेतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनमा एक पटक केपी शर्मा ओलीलार्र्इ सुत्ने बेलामा सम्झने गरको दावी समेत गरे । उनले भने प्रधानमन्त्री केपी शर्माले चलाएको राट्रियताको आन्दोलन अब सफल भएको छकार्यक्रममा ओली सरकारले विद्युत रेल सञ्चालन गर्ने, एक घर एक रोजगार अभियान, शैक्षिक धितो राखेर लोन दिने, युवा परिषदको स्थापन, शिक्षा, स्वास्थ्य, रोजगारको संविधानमा व्यवस्था गर्ने लगायत महत्त्वपूर्ण काम गरेको बताए ।
संविधान र बजेटको कार्यान्वयन गर्न युवा परिचालन गर्नुपर्ने, विकास निर्माणमा युवा परिचालन गर्नुपर्ने, युवाहकोरु समस्या समाधानको विकल्पको रुपमा युवासंघ अघि बढनु पर्ने बस्नेतको भनाई छ । आर्थिक उदारीकरणको नाममा कांग्रेसले सम्पुर्ण उद्योग धन्दा बन्द गरेको आरोप लगाउँदै बस्नेतले भने‘लामो समयसम्म कांग्रेसले सरकार चलाएका कारण देशमा परनिर्भरता वढेको छ कांग्रेसले जहिले पनि झुठको खेती गर्छ ।’
उनले स्थानीय निकायको निर्वाचनमा एमालेको नाममा जोकोहीले पनि निर्वाचन जित्ने दावी गरे । नेता कार्याकर्तालाइ गर्वकासाथ एमाले हो भन्ने इज्जत अध्यक्ष केपी शर्मा ओलीले दिएको धारणा राखे । कार्यक्रममा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, सचीव पर्शुराम बस्नेत, वचन बहादुर शिह, प्रबक्ता प्रभात बिक्रम कटबाल लगायतले मन्तव्य राखेका थिए ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues