टुसाएको गेडागुडी खाँदाको फाइदा क्वाँटी खाँदा हुने फाइदाहरु के के हुन्? जानी...तल क्लिक गरी पुरा पढ्नुहोस

जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी
पकाएर खाने चलन छ। यो मिश्रणलाई चार दिन भिजाएर
टुसा उम्रिएपछि पकाइन्छ। मस्याङ, चना, मुगी, बोडी,
ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ
मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै
फाइदा गर्छ। यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक
तत्त्व पाइन्छ।
क्वाँटी खाएमा हुने केही फाइदा: क्वाँटीमा टुसा
पलाएका गेडागुडी हुनाले तिनमा रेसाको मात्रा पनि
बढी हुन्छ । कब्जियतको समस्या हुनेले रेसादार खाना
खाएमा धेरै फाइदा पुग्छ । क्वाँटीले पनि कब्जियतको
समस्या भएकालाई धेरै फाइदा हुन्छ। क्वाँटीले मधुमेह तथा
पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ।
चिकित्सकले त मधुमेह भएका मानिसलाई दैनिकजसो
क्वाँटी खाने सल्लाह दिएका छन्। टुसाएका गेडागुडीमा
भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए,
भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज
पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम
गर्छ र तनावबाट मुक्त गराउँछ। क्वाँटी खानाले रक्तसञ्चार
तथा स्नायु प्रणालीलाई पनि धेरै फाइदा पुग्ने
चिकित्सकहरू बताउँछन्। क्वाँटीको नियमित सेवनले
स्मरणशक्ति पनि बढ्छ ।
यसले मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउने
अनुसन्धानहरूले देखाएका छन्। टुसाएका गेडागुडीमा
क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले
‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट
पनि छुट्कारा मिल्छ।
लामो समय भिजेकाले गेडागुडीलाई हाम्रो शरीरले सहजै
पचाउन सक्छ। यसले हाम्रो पाचनशक्तिमा पनि सुधार
ल्याउँछ। त्यस्तै, यी गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व
शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनिनिखार आउँछ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues