अाजकाे राशिफल वि.सं. २०७२ फाल्गुन १३ गते बिहीबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी २५ तारिख

आजको पञ्चाङ्ग
वि.सं. २०७२ फाल्गुन १३ गते बिहीबार तदनुसार ई. सं.
२०१६ फेब्रुवरी २५ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु,
ने.सं. :— ११३६, (सिल्लागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान
०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ
०५:५९ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र
सूर्यास्त : साँझ ०६:०४ बजे
फाल्गुन कृष्णपक्षको तृतीया तिथि, बिहानको
राती ०३:५५ बजेसम्म, त्यसपछि चतुर्थी तिथि,
उत्तराफाल्गुनी नक्षत्र, दिउँसो १०:५३ बजेसम्म,
त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),


शूल योग, मध्यरात्रीपछि ०१:५२ बजेसम्म, त्यसपछि
गण्ड योग,
वणिज करण, दिउँसो ०२:५४ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण,
आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण,
योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, नक्षत्रशूल :
उत्तर,
आजको मूहुर्त : ब्रतबन्ध (उपनयन), अन्नप्राशन
(पास्नी), अग्निवास(होमादि), पसल थाप्ने, गृहारम्भ,
शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,

दीक्षाग्रहण,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व
तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),
वास्तुमुहूर्त, दैलो राख्ने,
१५ गते : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
गृहारम्भ, वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने,
१६ गते : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा
लगानी, दैलो राख्ने, दीक्षाग्रहण,


आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विशेष ठाउँमा
तपाईंको निर्णयको
कदर हुनेछ ।
तर्क, बहस र
वादविवादमा
जीत
हुनेछ ।
सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई
लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले
गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस
मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्राज्ञिक,
बौद्धिक र
लेखनकार्यमा
मिहिनेत गर्ने
विचार आउने छ ।
सन्तति पक्षको
क्रियाकलापमा
ध्यान केन्द्रित
हुन सक्छ ।
बन्धुबान्धवले
तपाईंका
सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन
सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने
खराबीले दिकदारी हुनसक्छ । आजका लागि
शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरपरिवार र
छरछिमेकमा
असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका
लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा
परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन ।
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा
वैराग्य र निराशाका भाव सञ्चरण हुन सक्छन् । आजका लागि
शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको
कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानप्रतिष्ठा र
सामाजिक मर्यादामा
अभिवृद्धि हुनेछ
। विगतमा भएका
राम्रा
क्रियाकलापको
स्मरण हुनेछ ।
दार्शनिक र
आध्यात्मिक
विषयवस्तुप्रति
आकर्षित भइनेछ
। भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी
थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस
मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक क्षेत्र
सबल रहने छ
भने स्वास्थ्यमा
पनि सकारात्मक
संकेत देखिने छ ।
बन्दव्यापारबाट
राम्रो फाइदा लिन
सकिन्छ । कार्य
सफल हुँदै
जानेछ । रमाइलो
यात्रा हुन सक्छ
। भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय
हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न
सकिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज गरिएको
क्रियाकलाप
दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा
हुने काममा हात हाल्नु राम्रो हुन्छ । बुद्धि र विवेकको सकेसम्म
प्रयोग गर्नु राम्रो हुन्छ, हतारमा गरेको क्रियाकलापले पछि निर्णय
फेर्नु पर्ने बाध्यता बन्नसक्छ । अरूअरुले सहयोग गर्न सक्दैनन् ।
बोल्दा विचार पुर्याउनु राम्रो हो, नत्र अपमानित भइने छ । आजका लागि
शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क
लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र
व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ ।
धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही
असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु
पर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो
भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी
हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा
हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका
सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित
मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक
रहला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मान्यजन वा
अभिभावकका
इच्छापूर्तिका लागि
समय निकालेमा
कर्मसिद्धि
हुनाले
व्यवसायमा प्रगति
हुनेछ । लामो
दूरीको
लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा
तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर
श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति
गर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा
पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा
९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नवौं भावमा
चन्द्रमा रहेकाले
सुखसुविधा र
आनन्द प्राप्तिका
लागि मन लालायित
बन्नसक्छ । तर
आज धार्मिक,
सामाजिक वा
सांस्कृतिक
क्रियाकलापमा
सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको
रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी
बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि
शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको
कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आठौं घरमा रहेको
चन्द्रमाको
प्रभावले
किसिमकिसिमका
समस्याहरू
निम्त्याउनसक्छ,
झैझगडा र
मुद्दामामिलाभन्दा
टाढै बस्नु उचित
हुनेछ । यात्रा
घातक बन्न
सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले
विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत
हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क
२ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको
कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रणयसम्बन्ध र
रतिरागका लागि
समय निकाल्न
सकिने छ ।
घरपरिवारमा
हर्षको वातावरण
हुनेछ । आनन्द

रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कृषि, पशुपालन र
दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ
गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः
यस मन्त्रको कम्तीमा २४ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग,
करण आदिमा उल्लिखित समयादि इटहरी,
सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर :
८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार
मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको
हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं
बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको
गणना गरिएको छ )

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues