नेहाका हत्यारा पक्राऊ हत्यारालाई जन्म कैद सजाय

नेहाका हत्यारा पक्राऊ एसपी पालले भने–‘हत्यारा १/२ दिनमै सार्वजनिक गर्नेछौैं’ पोखरा, २४ माघ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले योरुना (नेहा) पुनको हत्यारालाई १/२ दिनमैं सार्वजनिक गरिने जानकारी दिएका छन् ।

एसपी पालले भने–‘नेहाको हत्यारा नजिकै हामी पुगीसकेका छौं, अब १/२ दिनमा नै हामी घटनाको दोषीलाई सार्वजनिक गर्नेछौं ।’
१९ वर्षीया नेहाको हत्या लगत्तै कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली बनाई प्रहरीले हत्याराको खोजी गरेको थियो ।

उक्त टोलीमा अञ्चल प्रहरी कार्यालय गण्डकीको गुल्ममा कार्यरत प्रहरी निरीक्षक देवी पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षक भद्रकृष्ण पौडेल रहेका थिए । गत सोमबार बिहान घरबाट काममा निस्केकी १९ बर्षिया नेहाको शव भोलिपल्ट बिहान मंगलवार घर नजिकै भेटिएको थियो । साँझ कामवाट जहिले पनि टुप्लुक्क घर आईपुग्ने नेहा सोमबार अबेरसम्म नआएपछि रातभर उनका परिवारले नेहाको खोजी गरेका थिए ।neha-pun-murder-investigation
विहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि नेहाका आफन्त घटनास्थलमा पुग्दा छाँगोवाट खसेजस्तै भएका थिए ।

पछि प्रहरी आएर हेर्दा शव अर्धनग्न अवस्थामा र टाउको पछाडि रगताम्मे गम्भिर चोट देखिएको थियो । दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा वेहोश भएकी थिईन् ।अहिले पनि छोरीलाई सम्झेर आमा एकदमै शिथिल अवस्थामा रहेकी मामा यामप्रसाद पुनले बताए । उनले नेहाले प्लस टुसम्म अध्ययन गरेकी जानकारी दिए ।
नेहाले केही बर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सहनायिका र अर्को चलचित्रमा ‘यूँपा’ की नायिकाको भूमिका निर्वाह गरेकी थिइन । म्याग्दीको खिमखोलाबाट पोखराको नयाँगाउँस्थित ऋषिमार्गमा आमा र दिदीसँग बस्दै आएकी यरुना न्यूरोडस्थित स्माईल क्याफे एण्ड रेष्टुरेण्टमा फ्रण्ट डेस्कमा काम गर्थिन ।


पाखराकी नेहा पुनको कसैले गरेको हत्याले पोखरा यतिबेला तातिरहेको सडक देखि माथिल्लो तह सम्म सबैमा नेहाको हत्याको बारेमा भएको हत्या प्रतिको आतङले प्रहरी सामु दिन दिनै दबाब बडिरेको छ सम्मपुर्ण पोख्रेलीको माग यहि छ कि नेहा पुनको हत्यारालाई छिटो सार्बजनिक गरि हत्यारालाई जन्म कैद सजाय दे त्यसैले यस्तो अपराधीलाइृ छोड्नु हुदैन जानकारीका लागि सियर गरौ कि भोलि नेहाको जस्तो मरण अरुको नहोस हेर्नुस त नेहाको मरण कस्तो थियो

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues