धर्तिमा देखियो एकसाथ तीन सूर्य : मानिसहरु अचम्ममा, कसैले भने दैविक लिला, कसैले भने विपत्तिको सङ्केत, तल क्लिक गरेर पुरा पढ्नुस

धर्तिमा देखियो एकसाथ तीन सूर्य : मानिसहरु अचम्ममा, कसैले भने दैविक लिला, कसैले भने विपत्तिको सङ्केत
एजेन्सी । पछिल्लो वर्ष रुसको एक सुदूर इलाकाको आकाशमा एउटा अचम्मलाग्दो दृष्य देखिएको थियो । जसलाई देखेर त्यहाँका मानिसहरु निकै नै डराएका थिए । त्यतिबेला आकाशमा एउटा होइन तिनवटा सूर्य एकसाथ मानिसहरुले देखेका थिए ।


केही मानिसले त्यसलाई दैविक चमत्कारिता भने र केहीले कुनै प्राकृतिक बिपत्तिको चेतावनीका रुपमा लिए । आकाशमा तिनवटै चम्किलो वस्तु धेरै बेरसम्म चम्किरहेपछि मानिस निकै नै डराएको समाचार संस्थाहरुले जनाएका थिए ।
आकाशमा तिनवटै चम्किलो वस्तुहरु धेरैबेरसम्म चम्किरहेको थियो । केही बेरपछि आफै हराएर गयो र त्यसले खासै केहीपनि असर गरेन ।

प्राप्त समाचारका अनुसार काजकिस्तानको सिमानाबाट करिब १२८ किलोमिटर टाढा चेलियाबिस्कका मानिसहरु जब बिहान उठे तब उनीहरुले आकाशमा एक साथ तिनवटा सूर्य उदाइरहेको देखेर आश्चर्यमा परे । लाखौं करोडौं वर्षदेखि धर्तिले एउटै मात्र सूर्यको परिक्रममा गर्दै आएको छ । तर एक सात तीनवटा सूर्य देखेपछि मानिसहरु निकै नै आत्तिए ।

वैज्ञानिकहरुका अनुसार यस्तो घटना मौसमी प्रभावले गर्दा धेरै नै चिसो इलाकाहरुमा कहिले काँही यस्तो दृष्य देखिन सक्ने बताएका छन् । यस्तो अनौठो दृष्यलाई वैज्ञानिकहरुले ‘सनडग अथवा, फैटम सन’ भनेर नामाकरण गर्दै आएका छन् ।
हावामा भएको हिउँको साना साना कणहरुका कारण यस्तो इफेन्ट बन्ने गरेको वैज्ञानिकहरुको भनाइरहेको छ । यस्तो अत्याधिक चिसो स्थानमा देखिन सक्ने उनीहरुले बताएका छन् । चेलियाबिस्कको उक्त समयको तापक्रम माइनस २५ डिग्री सेल्सियस थियो ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues