चीनको भ्रमण सकेर काठमाण्डौ एअरपोर्ट बाटै प्रधानमन्त्री ओलीले यसो भने - See more at:

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सफल भएको बताएका छन् । आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने, ‘चीनसँग पारवहन र यातायात सम्झौता भयो, यो नेपालको आर्थिक विकासको लागि नयाँ कदम हो ।’चीनसँग भएको पारवहन र यातायात सम्झौताले नेपालको आर्थिक विकासको ढोका खोलेको उनले बताए ।
ओलीले भने भारत र चीनसँग नेपालको सम्बन्ध तुलना योग्य नभएको बताए । दुबै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध बनाउने नेपाल सरकारको नीति भएको उनले प्रस्ट पारे | ओलीले भने, ‘दुई देशसँग सुमधुर बनाएर जाने नेपाल सरकारको नीति हो । नेपालका लागि दुबै देश बराबर छन् । कसैसँग तुलना गर्न मिल्दैन र हामी हाम्रा छिमेकि देश संग कहिले पनि नराम्रो व्यवहार गर्न चाहदैनौ र उनीहरुले गरेको पनि हामीले सहने छैनौ

-

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues