प्रधानमन्त्री चीनबाट फर्किए लगत्तै प्रधानसेनापति चीन प्रस्थान

चीन स्थित जनमुक्ति सेनाका प्रमुख फाङ फेनघुईको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि चीन गएका हुन् । प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
सो अवसरमा रक्षा सचिव जयमुकुन्द खनाल, नेपालस्थित चीनका कार्यबाहक राजदूत, नेपाली सेनाका रथीबृन्दलगायत नेपालस्थित आवासीय सैनिक सहचारीको समेत उपस्थिति रहेको थियो । चीन भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापतिको नेतृत्वमा रहेको आठ सदस्यीय सैनिक टोली चीनको भ्रमण पूरा गरेर यही चैत २० गते स्वदेश फर्कने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति चीन भ्रमणमा गएपछि बलाधिकृत रथी वलदेवराज महतले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाने जनाईएको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues