मंगलबारको मेरी बास्सै बेलायतका राजकुमार ह्यारीको कथामा आधारिक हुने - See more at:

दुई सातादेखि नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीको कथा अब टेलीभिजनको पर्दामा समेत देखिने भएको छ । जम्मा ५ दिनका लागी मात्रै नेपाल भ्रमणमा आएका ह्याारीले देखाएको उदारता र महानताको विषयलाई लिएर मेरी बास्सै टिमले छायांकन सम्पन्न गरेको छ । यो कथा मंगलबार साँझ ८ बजेको समाचार पछि नेपाल टेलीभिजनबाट प्रसारण हुनेछ ।Capture
यसअघि केही समय प्रसारण बन्द भएको र पुन प्रसारण भएपछि पनि हाँस्यशृखलाका मुख्य निर्देशक र कलाकारद्धय सिताराम कट्टेल तथा कुञ्जना घिमीरे हाँस्यशृखलाबाट बाहिरीए पनि उनीहरु पुन शृखलासँग आवद्ध भएको बताइएको छ । केही समय अगाडी यो हाँस्यशृखलाको आर्थिक लेनदेनमा निर्माता मिडिया हबसँग कुरा नमिलेपछि शृखला बन्द समेत हुन पुगेको थियो ।
यद्यपी अहिले यो शृखलाको छायांकनमा लाग्ने सम्पूर्ण खर्च मिडिया हबले ब्यहोर्ने तथा अन्य आर्थिक कुरा पनि मिलेपछि सिताराम र कुञ्जना फर्किएको बताइएको छ । आइतबार छायांकन गरिएको हाँस्यशृखलाको प्रसारण मंगलबार हुनेछ । जस्को निर्देशन पनि सितारामले नै गरेका छन् । 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues