चीनबाट फर्केको भोलिपल्टै प्रधानन्त्रीको यस्तो आह्वान
काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।
आइतबार साताव्यापी चीन भ्रमण पूरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा अग्रसर भएकाले अब दातृ निकायले नेपालको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नु पर्ने बताए ।
राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले सोमबार काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको जानकारी गराए ।
आफ्नो चीन र भारतले विकासको ढोका खोलेको विश्वास गरेको प्रधानमन्त्री ओलीले अब राष्ट्रको एजेण्डा भनेको आर्थिक सम्बृद्धिसहितको समानतामूलक समाज भएको बताए ।
चीन भ्रमणका क्रममा पारवहन सहित विभिन्न विकास निर्माणका लागि १० बुँदे सम्झौता गरेका उनले दुई वर्षभित्र लोडसेडिङको अन्त्य गरी विकासको दु्रत मार्गमा मुलुकलाई प्रवेश गराउने भएकाले यसैमा सहयोग गर्न दातृ निकायलाई आह्वान गरे ।
अर्थमन्त्री विष्णु पौडेलले कृषि, उद्योग र सेवाको क्षेत्र विस्तार गरी मुलुकलाई आत्मनिर्भर बनाउन अब धेरै समय नलाग्ने बताए । उनले सन् २०३० सम्ममा गरिबीलाई दोहोर अंकबाट एक अंकमा झारिने भन्दै नेपाललाई लगानीको मात्र आवश्यकता रहेको बताए ।
- See more at: http://medianp.com/2016/03/82522.html#sthash.CFZsat8I.Zm0wXJ3l.dpuf
Don't Forget To Join US Our Community