पूर्वसभामुख नेम्वाङको नेतृत्वमा ११ सांसद किन जाँदैछन चीन


काठमाडौँ, ३० पुस ।
भारतीय नाकाबन्दीपछि चीन भ्रमण गर्ने नेपाली नेताको संख्या बढेको बढ्यै छ । वनमन्त्री तथा एमाओवादी नेता अग्नि सापकोटा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर बेइजिङ उडेको केही दिनपछि व्यवस्थापिका संसदमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने ११ सांसद चीन भ्रमणमा जाने भएका छन् ।
माघ ३ देखि ९ सम्म ११ सदस्यीय सांसदको टोली चाइनिज फ्रेन्डसिप एसोसियसनको निमन्त्रणमा चीन जान लागेका हुन् । चीन भ्रमणमा जाने सांसदको सूची संसद सचियालयले तयार पारेको छ । पूर्वसभामुख सुवास नेम्वाङ नेतृत्वमा सर्वदलीय टोली चीन जान लागेको हो । टोलीमा नेपाली कांग्रेसका सांसद भरतकुमार साह, रामहरि खतिवडा, किरण यादव, कांग्रेस कोटामा मनोनीत उमेश श्रेष्ठ सहभागी हुनेछन् । यसैगरी, एमालेबाट सुवास नेम्वाङ, रविन्द्र अधिकारी, इच्छाराज तामाङ सहभागी हुनेछन् ।
Nepal-CA-Chairman-Subash-Chandra-Nembang-700-1
एमाओवादीबाट आशा कोइराला, राप्रपा नेपालबाट कमलादेवी शर्मा, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद अतहर कलाम मुसलमान सहभागी हुने संसद सचिवालयले जनाएको छ । पूर्व सभामुख नेम्वाङले आफू सभामुख हुँदै चीन भ्रमणको निम्ता आएको तर आफूले संविधान जारी भएपछि मात्र आउने सन्देश पठाएको भन्दै संविधान जारी भइसकेको अवस्थामा चीन भ्रमण भएको जनाए ।
‘म सभामुख हुँदै चीन, भारत, जापान लगायत मुलुकले भ्रमणको निम्तो दिएका थिए, नेम्वाङले भने, ‘मैले संविधान जारी भएपछि भ्रमण गर्छु भनेको थिएँ । अहिले संविधान जारी भइसकेपछि सो भ्रमण हुन लागेको हो ।’ उनले चाइनिज फ्रेन्डसिप एसोसियसनको निमन्त्रणामा भ्रमण हुन लागेको भन्दै भ्रमणको सबै खर्च चीन सरकारले बेहोर्ने बताए । भ्रमण तालिका आफ्नो हातमा नपरेको भन्दै यो भ्रमण सरकारी नै भएको बताए ।
नेम्वाङले भ्रमणमा सर्वदलीय टोली सहभागी हुने बताए पनि भ्रमण टोलीमा कांग्रेसका ४, एमालेका ३, एमाओवादीका १, राप्रपा नेपालका १, अखण्ड नेपाल पार्टीका १ र स्वतन्त्र १ सांसद सहभागी छन् । व्यवस्थापिका संसदमा स्वतन्त्रसहित ३३ दलको सहभागिता छ । नेम्वाङले भ्रमण मैत्रीपूर्ण हुने जानकारी आफूले पाए पनि भ्रमणको कार्यतालिका आफ्नो हातमा नपरेको जनाए । टोलीले चीनमा राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । तर को–कोसँग भेट हुन्छ भन्ने कुरा बिहीबारमात्र थाहा हुन्छ, नेम्वाङले भने । बिहीबार भ्रमण तालिका प्राप्त हुने नागरिक दैनिकमा समाचार छ

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues