हेल्लो शुभ बिहानी सबैलाई आज वि. स. २०७२ साल पुष ३० गते बिहीवार :- हेर्नुहोस तपाईको आजको राशिफल


श्रीसूर्य दक्षिणायन, हेमन्त ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल पुष ३० गते बिहीवार नेपाल सम्वत् ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १४ तारिक शुक्लपक्ष पञ्चमी तिथि । सूर्य मकर राशीमा, चन्द्रमा मीन राशीमा ।
तपाईको आजको राशिफल
मेषः–
7सोच विचारले  काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।
वृषः–
8समय प्रतिकुल छ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा आएको मन्दि काय रहन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।
मिथुनः–
10आकश्मिक आम्दानीको योग देखिन्छ । बक्यौता रकम पनि उठाउन सकिने छ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा विजय यात्रा शुरु हुने छ ।
कर्कटः–
11मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्ने छ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । स्वदेश मात्र होइन वैदेशिक कामबाट पनि लाभान्वित भइने छ ।
सिंहः–
12कार्य क्षमता घट्ने छैन । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।
कन्याः–
9परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।
तुलाः–
4संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवश्यक छ ।
वृश्चिकः–
3उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।
धनुः–
2प्रेममा सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ, उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवश्यक छ ।
मकरः–
1अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।
कुम्भः–
6दिन सामान्य देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।
मिनः–
5उच्च आकाँक्षाका साथ काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । काम गरे प्रशस्त पैसा कमाउन सकिने छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चाताप हुृनेछ ।
ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा सम्पर्क नं. :- ९८५६०२६३९७

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues