ओलीले गरेको दुई ऐतिहासिक कामः जसले उनको शिर सधै उचो राख्ने छ, जसलाई इतिहासको पानामा लेखिने छ - See more at:

काठमाण्डौं , ८, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि मात्रा आफू प्रधानमन्त्री नभएको बताए। उनले भने ‘म जनताका लागि प्रधानमन्त्री बनेको हुँ, मेरा कामहरु जनसेवा रउनीभन्दा पहिलेका प्रधानमन्त्रीले पनि यस्तै भाषण गर्दै आएका थिए तर काम भने भएको थिएन । ओली भने उनीहरुभन्दा फरक निस्किए र आफूले बालेका कुराहरु गरेर देखाएका पनि छन्।
१. पहिलो काम

ओली सरकारमा आएदेखि के गरे या के गरेनन् भन्दा पनि अफगानिस्तानमा नेपाली मारिएको विषयलाई लिएर विश्लेषण गर्न खोजिएको छ । ओलीले आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव लिन विमान चार्टर गरेर अफगानिस्तान पुर्याउनुले विश्वसामू नेपालको शान त बढेको छ नै त्यसले ओलीप्रति जनताको विश्वास समेत बढाएको छ । जसले गर्दा लामो समयदेखि नेपालको भारतसंगको परनिर्भरतालाई केहि हदसम्म कम भएको देखाएको छ ।

यसअघि विदेशी भूमिमा नेपाली नमरेका होइनन् तर कुनै पनि सरकारले सरकारकै लाखौँ रकम खर्च गरेर अथवा विमान नै चार्टर गरेर शव लिन पठाउने हिम्मत कसैले गरेका थिएनन् । जुन ओली सरकारले गरेर देखाए र एउटा परम्परा नै बसाले । जुन आफैमा प्रसंशनिय छ ।

२.दोस्रो काम
ओलीले गरेको अर्को काम पनि सोही घटनासँग सम्बन्धित छ । ओली सरकारले नेपाली लिन विमान पठाउने मात्र होइन विमानस्थलमा प्रधानमन्त्री र गृहमन्त्री शक्तिबहादुर बस्नेत नै गएर मृतकका आफन्तलाई समवेदना दिने, शवमा माल्यार्णपण गर्ने काम गर्यो । जसले गर्दा मृतक परिवारमा केहि मात्रामा भएपनि राहत महसुस गर्न पाए ।

यसरी सरकार प्रमुख र गृह प्रमुख नै विमानस्थलमा गएर मृतकका आफन्तको दुःखद् घडीमा सहभागी हुँदा उनीहरुको पीडा केही हदसम्म भएपनि कम हुनसक्छ । त्यतिमात्र नभएर यसलाई परम्पराको रुपमा स्थापित गर्दै आगामी दिनमा पनि नेपालीको दुःखद् घडीमा सरकारको उपस्थिति हुन सक्ने देखिन्छ ।

यसअघि भीआइपी वा पहुँचवालाको मृत्युमा मात्र सरकार सक्रिय हुने र राजनैतिक पहुच भएकालाई मात्रै प्रथमिकता दिने आरोपलाई समेत ओलीको यस कदमले खण्डन गरेको र अबका दिनमा त्यस्तो नहुने सकेंत गरेको छ । जनहितका लागि हुनेछ ।’ उनको यो भनाइलाई धेरैले पत्याएका छैनन् ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues