होटलमा प्रहरीको छापा, यौन ग्राहकबाट दश हजार सम्म असुल्दै बालिकालाई ५ सय दिने गरेको खुलासा :: Read News >

नेपालगञ्ज, असार ११ - प्रहरीले कोहलपुर ११ स्थित एकान्त होटल तथा रेष्टुरेन्टकी संचालक सुस्मिता बोटे र सुशिला क्षेष्ठलार्इ प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यलय कोहलपुरका डिएसपी सुरेश प्रसाद काफ्लेले प्रकाउ परेका दुइ महिलालाई मानव बेचविखनको मुद्धा चलाइएको  बताएका छन् । 

प्रहरीले प्यूठान घर भएकी एक बालिकालाई करिव तिन महिनादेखी ललाइ फकाइ गरी यौन धन्दामा लगाइएको जानकारी दिएको छ । आठ कक्षाको पढाइ छोडेर घरको नाजुक अवस्था भएपछी बाँकेको कोहलपुर काम खोज्न आएको बालिकाले बताइन् । 

होटल सञ्चालिकाले ग्राहकबाट पाँच हजार देखी दश हजार सम्म असुल्दै आएकी थिइन् । तर बालिकालाइ पाँच सय रुपैया दिने गरेको बताइन् । बालिकाको उद्धार पछी ती महिलाको कारबाहीको माग गर्दै स्थानियहरुले प्रहरीलाइ उजुरी समेत दिएका छन् । 

यौन धन्दामा लगाएर ५ सय दिने २ महिलालाई कारबाहीको माग गर्दै स्थानियहरु आक्रोशित भएका छन् । - 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues