संसद कांग्रेसको पेवा हो र? जे मन लाग्यो त्यहि गर्न: सञ्चारमन्त्री शेरधन राई :: Read more news >>

काठमाडौ, ११ असार । सरकारका प्रवक्ता समेत सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दलहरुवीच राष्ट्रिय सहमति बने सरकारको नेतृत्वकोलागि आफूहरु खुल्ला रहेको स्पष्ट पारेका छन ।   रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ यो सरकारको नेतृत्व बाहेक राष्ट्रिय सहमति हुन सक्दैन भनेर हामीले भनेका छैनौ । राष्ट्रिय सहमतिको आधार खडा गरे जसले नेतृत्व गरे पनि हुन्छ । हामी बाधक बन्दैनौ ।’   मन्त्री राईले संविधानको कार्यान्वयन, भुकम्पपछिको पुनर्निर्माण, निर्वाचन, समृद्धि लगायतका विषयहरु राष्ट्रिय सहमतिको आधार हुन सक्ने भन्दै ति विषयमा सहमति भए सरकारको नेतृत्वकोलागि खुल्ला भएको बताए ।   उनले भने,‘ कुनै मान्छेले सपमना देख्दैमा, कसैलाई लोभ लाग्दैमा सरकार फेरबदल हुँदैन । मुल कुरा सहमतिको आधार हो, आधार विनाको सहमतिको अर्थ छैन । संसदीय सुनवाई समिति निर्माणमा दलहरुवीच जसरी सहमति भयो त्यही सहमतिको जगमा टेकेर सहमति गर्न सकिन्छ ।’   मन्त्री राईले राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएको भन्दै मुलुकको समृद्धि, स्थीरता, संविधानको कार्यान्वयनको लागि प्रमुख दलहरु एक ठाँउमा उभिनै पर्नेमा जोड दिए ।   भुकम्प पीडितलाई आफूहरुले थोरै किस्तामा रकम दिऔ भन्दा भन्दै काग्रेस नेतृत्वको सरकारले चार किस्तामा रकम दिने गरी कार्यविधी बनाएकोमा बर्तमान सरकारले त्यसलाई घटाएर तीन किस्तामा ल्याएको उल्लेख गर्दै प्राधिकरणले काम थालेर रकम उपलब्ध गराईरहेको बेला एकमुष्ट दुई लाख दिने माग राख्ने काग्रेस अहिलेसम्म कहा थियो ? भनि प्रश्न गरे ।   मन्त्री राईले भने,‘ संसद काग्रेसको पेवा हो र ? प्रधानमन्त्रीले संसदमार्फत जनतालाई जानकारी दिन नपाउने ? विपक्षी भएर जे मन लाग्यो त्यो विषय उठाउन मिल्दैन । राष्ट्रिय समस्या समाधान गरेर चुनाव गर्नु पर्ने बेलामा नाजायज माग राखेर संसद अवरुद्ध गर्नु जिम्मेवार प्रतिपक्षको भूमिका होईन ।’ उनले थपे,‘ काग्रेसको संसदमा रचनात्मक प्रतिपक्षको भूमिका भएन पुर्ननिर्माणमा प्रधानमन्त्रीको जवाफ माग्यो, जवाफ दिन जाँदा अवरुद्ध गर्ने ?’   उनले मधेसी मोर्चाले सात बुँदे मागलाई पूर्वसर्तको रुपमा अडान राखे बर्ता हुन नसक्ने स्पष्ट पार्दै बार्ता सरकारको कारणले भन्दा पनि मोर्चाकै आन्तरिक तयारी नपुगेकोले हुन नसकेको दावी गरे ।   मन्त्री राईले भने,‘ सात बुँदे माग अनुसारको संविधानको पुर्नलेखन सम्भव छैन । यो थाहाँ हुँदा हुँदै यो बुँदालाई किन पूर्व सर्तको रुपमा राख्यो ? यस्तो अडान राखुन्जेल बार्ता हुन सक्दैन । सरकारले संविधानलाई दराजमा राखेर बार्ता गर्दैन । बार्ता गरेर संविधान संसोधनमार्फत समाधान गर्ने हो भने सरकार लचिलो छ ।’   उनले सरकार छिटो समस्या समाधान गरेर संविधान कार्यान्वयनको लागि हतारमा रहेको भन्दै यसकोलागि सरकारले मधेसी मोर्चासँग अनौपचारिक रुपमा कुराकानी गरिरहेको जानकारी दिए ।   मन्त्री राईले भने,‘ प्रयाप्त समय लिएर मुद्दाहरुको निक्र्यौल गरौ । त्यसपछि बार्ता गरि सहमति गरेर संसोधन प्रक्रियाबाट अघि बढौ । यसकोलागि सरकार तयार छ ।’ -

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues