: भूकम्पले छोराछोरी, काबुलले पति लुट्यो

काठमाडौं–बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् । शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।
सोमबार दिउँसो जीवनकै सबैभन्दा अप्रिय खबर सुनिन् उनले । धन कमाउन अफगानिस्तान पुगेका पति मधुसूदन आतंककारीको आत्मघाती हमलामा परे । त्यसयता घरी मूच्र्छित हुने त घरी झस्किएर कराउनु मैयाँको नियति बनिरहेछ । उनी हत्ते गर्छिन्, ‘तिमीलाई सधैं एक्लै छोडें, एक–डेढ वर्षपछि सधैं सँगै बसौंला भन्नुहुन्थ्यो तर कहिल्यै नआउने गरी कहाँ जानुभयो तपाईं !’ यति भनिनसक्दै उनी फेरि अर्धचेत भइहालिन् ।
लामो समयपछि होसमा आउँदा पतिले गरेको यही वाचाले उनको दिमाग खलबल्याउँछ । फेरि बर्बराउन थाल्छिन्, ‘भूकम्पले छोराछोरी खोस्यो, भगवान्ले श्रीमान् !’ यति भनिनसक्दै फेरि लल्याकलुलुक भएर ढलिहाल्छिन् ।
उनलाई सहारा दिन बसेका छन्, प्रमिला, कविता, रञ्जिता र मनीषा । तर, उनीहरू आफैं ओइलाएका छन् । आँखामा आँसु कति बेलै टुट्दैन । घरीघरी सम्हालिएर एकअर्कासँग बोल्न खोज्छन् तर सक्दैनन् ।
विस्फोटमा परी मृत्यु हुने १२ नेपालीमध्ये मधुसूदन कोइरालाको परिवार केही महिनायता नुवाकोटबाट काठमाडौं आई बालाजु बस्न थालेको थियो । मैयाँ मधुसूदनकी पत्नी हुन् भने प्रमिला, कविता, रञ्जिता र मनीषा छोरी । नेपाली सेनाबाट निवृत्तिभरण भएपछि मधुसूदन चार वर्षअघि रोजगारीका लागि अफगानिस्तान गएका थिए । ‘वर्षदिनमा आउँदै, जाँदै गर्नुहुुन्थ्यो,’ मधुसूदनका भाइ नरहरिले भने, ‘गत वर्ष भूकम्पमा छोरा र छोरी घरले किचेर मा¥यो, अहिले दाइ बित्नुभयो ।’
गत वर्षको शक्तिशाली भूकम्पले मधुसूदनको नुवाकोटस्थित घर गल्र्याम्मै ढाल्यो । त्यही घरले किचिएर ११ वर्षीया छोरी स्वस्तिका र ९ वर्षीय छोरो शिशिरको प्राण गयो । यो घटनापछि बिरक्तिएको परिवार पुख्र्याैली थलो छाडेर काठमाडांै झ¥यो । भूकम्पपछि मधुसूदन नेपाल आएर केही समयपछि फेरि अफगानिस्तान फर्के । गत वैशाखमा परिवार भेट्न फेरि काठमाडौं आए । दुई साताअघि मात्र अफगानिस्तान फर्किएका थिए । परिवारका अनुसार उनले अब केही समय काम गरेर सधैंका लागि नेपाल फर्कने योजना सुनाएका थिए । ‘एकडेढ वर्ष काम गरेपछि फेरि नजाने गरी आउने भन्नुभएको थियो,’ नरहरि सम्झन्छन्, ‘तर, कहिल्यै नआउने गरी जानुभएछ ।’  
अफगानिस्तानको कमाइले काठमाडौंमा घडेरी जोडिसकेका थिए, मधुसूदनले । अब घर बनाउने योजनामा थिए । नरहरिका अनुसार मधुसूदनकै आम्दानीमा सम्पूर्ण परिवार आश्रित छ । ‘गाउँमा जग्गा छैन, काठमाडौंमा पनि आम्दानीको कुनै स्रोत छैन,’ उनले भने, ‘यस्तो बेला
सरकारले उपस्थिति जनाएर केही व्यवस्था गरिदिए मन बुझाउने बाटो हुन्थ्यो !’
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान विस्फोटमा परी मृत्यु हुने सबैका परिवारको अहिले उही मनोदशा छ । पर्वतका नवीनसिंह क्षत्रीकी पत्नी माया पनि दुई दिनदेखि अर्धचेत छिन् । क्षत्री परिवार बालाजुमा डेरा लिएर बस्दै आएको छ । मायाको वनस्थली चोकमा फेन्सी पसल छ । पसलमै बसिरहेका बेला उनले पतिलाई सधैंका लागि गुमाउनुपरेको दुःखद खबर सुनेकी थिइन् । क्षत्री दम्पतीकी एक छोरी छिन्, सोनु । उनी सिद्धार्थ वनस्थली स्कुलमा कक्षा ९ मा पढ्छिन् । पिताको मृत्युको खबरले उनी पनि होस हराएझैं छिन् । मंगलबार उनी आँखाभरि आँसु पार्दै घरी भित्र घरी बाहिर गरिरहेकी थिइन् । केही बोल्न सकिरहेकी छैनन् ।
नवीनसँग अघिल्लो दिन राति १२ बजे कुरा भएको मायाले छिमेकीलाई बताएकी रहिछन् । छिमेकीले जनाएअनुसार नवीनका साथीले पत्नीलाई फोन गरेर घटनाबारे जानकारी गराए । तिनै साथीकी पत्नीले मायालाई खबर गरिन् । त्यसलगत्तै अर्धचेत भएकी माया बौरिन सकेकी छैनन् ।
२०५७ सालमा सशस्त्र प्रहरीको हवल्दारमा भर्ती भएका नवीनलाई द्वन्द्वकालमा घाइते भएकाले अवधि नपुग्दै एक तह बढुवा गरेर अवकाश दिइएको थियो । २०६४ मा जागिरबाट अवकाश पाएको केही समयपछि सुरक्षा गार्डका रूपमा अफगानिस्तान लागेका थिए । उनी हरेक दस महिनामा बिदा लिएर परिवार भेट्न आउने गरेका थिए । अन्तिमचोटि गत वैशाखमा आएका उनी पनि दुई साताअघि मात्र कार्यक्षेत्र फर्किएका थिए ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues