चीनबाट रेलमार्गले मात्र होइन, यी योजनासँग समेत काठमाण्डु जोडिदैैछ ! - See more at:
एजेन्सी– पछिल्लो समय तिब्बतबाट काठमाण्डु केन्द्रीत भएर आएको रेल र त्यसले दक्षिण एसियालाई प्रभाव पार्ने विषयमा निकै ठूला बहसहरु भैरहेका छन् ।
यो बहस नसेलाउँदै तिब्बतले रेलमार्ग मात्र होइन, दक्षिण एसियाका लागि अन्य भौतिक पूर्वाधारहरु समेत निर्माण भैरहेको खुलासा गरेको छ ।
यो बहस नसेलाउँदै तिब्बतले रेलमार्ग मात्र होइन, दक्षिण एसियाका लागि अन्य भौतिक पूर्वाधारहरु समेत निर्माण भैरहेको खुलासा गरेको छ ।

चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार तिब्बतले हवाई मार्ग, रेलमार्ग र सडक मार्गको विकासलाई एक साथ अगाडि बढाउन लागेको बताएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैंठौ तिब्बत कार्य सम्मेलनले तिब्बतका यी मार्गहरुलाई चीनको दक्षिण एसियातर्फ खुल्ला हुने महत्वपूर्ण मार्गको रुपमा तोकेपछि चीनले अबका केही वर्षभित्रै सबै योजनाहरुलाई तिव्र गतिमा अघि बढाउने जनाएको हो ।
तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष लोसाङ ज्याम्छानले तेह्रौ पञ्चवर्षीय योजना अवधिमा तिब्बतले हवाई मार्ग, रेलमार्ग र राजमार्ग सञ्जालको निर्माणमा तिव्रता दिने बताएका छन् ।
केही दिनअघि चीनको लान्छाउबाट काठमाण्डु केन्द्रीत रेलसेवाको सुरुवातले पनि यसको पुष्टि गरेको छ । यो रेलमार्गलाई चीनले चीन र दक्षिण एसियाली मुलुकहरुबीचको पहिलो अन्तर्राष्ट्रिय स्थायी रेलमार्ग तथा राजमार्गका रुपमा उल्लेख गरेको छ । यी योजनाहरुले नेपालको राजधानी काठमाण्डु हुँदै भारत र त्यस वरिपरिका राष्ट्रहरुसँग समेत सामिप्यता गाँस्ने चीनको लक्ष्य रहेको बताइएको छ । काठमांडू टुडे बाट
Don't Forget To Join US Our Community

