फेरी सुनको भाउ घट्यो
केही दिनदेखि स्थिर रहेको सुनको भाउ मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै सुन मंगलवार ५५ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलवार तेजावी सुन प्रतितोला ५५ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य पनि केही दिनदेखि सस्तिदैँ गएको छ । सोमवार ७ सय ६५ रुपैयाँ कायम भएको चाँदी मंगलवार ५ रुपैयाँ घट्दै ७ सय ६० रुपैयाँमा झरेको छ । चाँदीको मूल्य गत सोमबार प्रतितोला ७ सय ९० रुपैयाँ पुगेको थियो । -
Don't Forget To Join US Our Community

