सुशीललाई श्रद्धाञ्जली दिएर मोदी र सुष्माले भन्दा बढी चर्चा पाएका भारतीय को हुन् सुशीलको मुर्ति बालुवामा बनाउने यी कलाकार ? पढ्नुस् नेपालीले नचिनेका एक कलाकारको नालिबेली >>>>>>>>>>>>>>>>>>>>>>>>>>>see
नेपालका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनमा भारतबाट पनि शोक सन्देश तथा श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री स्तरीय टोली नेपाल आयो ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी देखि प्रधानमन्त्री नरेन्द्र मोदी सम्मले कोइरालाको निधनमा भावुक सन्देश दिए । तर भारतबाट आएको सबैभन्दा फरक र चर्चित श्रद्धाञ्जली भने एक कलाकारको थियो ।
यस अघि नेपालीहरुले खासै नाम नसुनेका उडिसाका एक ‘बालुवा कला’ का पारखी सुदर्शन पटनायिकले सुशील कोइरालाको सम्मानमा बालुवाको मुर्ति नै बनाए ।
पटनायिकले बालुवामा कोइरालाको प्रतिमा बनाएर कोइरालाप्रति श्रद्धाञ्जली दिँदै ट्वीटरमा तस्विर पोस्ट गरेपछि उनको तस्विर नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
को हुन् पटनायिक ?
सुदर्शन पटनायिक भारतका चर्चित ‘बालुवा कलाकर्मी’ हुन् । उनले बालुवाबाटै विश्वका चर्चित चर्चित ब्यक्तिको मुर्ति बनाएर चर्चा पाएका छन् ।
पटनायिकलाई भारत सरकारले सन् २०१४ मा पद्मश्री अवार्ड दिएको थियो । उनी अहिले मोदी सरकारले चलाएको ‘स्वच्छ भारत’ अभियानका ब्राण्ड एम्बेस्डर समेत हुन् ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी देखि प्रधानमन्त्री नरेन्द्र मोदी सम्मले कोइरालाको निधनमा भावुक सन्देश दिए । तर भारतबाट आएको सबैभन्दा फरक र चर्चित श्रद्धाञ्जली भने एक कलाकारको थियो ।
यस अघि नेपालीहरुले खासै नाम नसुनेका उडिसाका एक ‘बालुवा कला’ का पारखी सुदर्शन पटनायिकले सुशील कोइरालाको सम्मानमा बालुवाको मुर्ति नै बनाए ।
पटनायिकले बालुवामा कोइरालाको प्रतिमा बनाएर कोइरालाप्रति श्रद्धाञ्जली दिँदै ट्वीटरमा तस्विर पोस्ट गरेपछि उनको तस्विर नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
को हुन् पटनायिक ?सुदर्शन पटनायिक भारतका चर्चित ‘बालुवा कलाकर्मी’ हुन् । उनले बालुवाबाटै विश्वका चर्चित चर्चित ब्यक्तिको मुर्ति बनाएर चर्चा पाएका छन् ।
पटनायिकलाई भारत सरकारले सन् २०१४ मा पद्मश्री अवार्ड दिएको थियो । उनी अहिले मोदी सरकारले चलाएको ‘स्वच्छ भारत’ अभियानका ब्राण्ड एम्बेस्डर समेत हुन् ।
यसअघि पटनायिकले मदर टेरेसा, महात्मा गान्धी, बाराक ओबामा लगायतका विश्वका चर्चीत ब्यक्तित्वको बालुवा मुर्ति बनाएर सम्मान प्रकट गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उडिसा भ्रमणमा जाँदा पटनायिकले मोदीको आकृति बालुवामा बनाएका थिए ।
सन् १९७७ मा उडिसाको पुरीमा जन्मिएका पटनायिकले ७ वर्षको उमेर देखि नै यस्ता बालुवाका आकृति बनाउन थालेका थिए ।
Don't Forget To Join US Our Community



