योरुना पुनका हत्यामा अन्यको पनि संलग्नता भएको आफन्तको आशंका

२७ माघ, पोखरा।
नेहा नामले चिनिने योरुना पुनका आफ्न्तले उनको हत्यामा अन्यको पनि संलग्नता भएको हुनसक्ने आशंका गरेका छन् ।
पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलात्कार पछि हत्या भएको बताएका छन् । नेहाका मामा यमप्रसाद थजाली पुनले नेहाको बलात्कार पछि हत्या भएको हुन सक्ने भन्दै छानवीनको माग गरेका हुन ।Capture
‘मृतकको पाइन्ट र पेन्टी खोलेको अवस्थामा भेटिएको थियो,’ नेहाका मामा यमप्रसाले भने, ‘यस्तो अवस्थामा भेटिनुले सामुहीक बलात्कार पछि हत्या भएको हुनुपर्छ ।’ उनले घटनाको पुर्ण रुपमा छानविन गरि दोषीलाई कडा कारवाही गर्न माग गरे ।
पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनाको पुर्ण रुपमा छानविन नभए कडा अन्दोलन गर्ने चेतावनी दिए ।
समाजले नेहाको पोष्ट मार्टम रिर्पोट सार्वजनिक गर्नु पर्ने, घटनाको चुस्त तवरले छानविन गर्नु पर्ने, अनुसन्धान पछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नुपर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, माग राखेका छन् ।
नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ । नेहाको १८ गते पोखरा १५ नयाँगाउँमा उनकै घर नजिक हत्या भएको थियो ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues