ठग मेनपावरलाई नछाड्ने एसएसपी सर्वेन्द्र खनालको घोषणा, को-को पक्राउ परे ?

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीका सफल अफिसर एवं
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख
एसएसपी सर्वेन्द्र खनालले अवैध धन्दा गर्ने मेनपावर
सञ्चालकहरुलाई कारवाही गरेरै छाड्ने घोषणा गरेका छन् ।
आफ्नो विशेष अप्रेशन अन्तर्गत खनालले बुधबार
राजधानीका १७ वटा मेनपावर कम्पनीमा छापा हान्नुका
साथै केही सञ्चालकलाई पक्राउ गरेका थिए ।
उनीहरुलाई विहीबार सार्वजनिक गर्दै पीडितले लिखित र
मौखिक उजुरी दिएको आधारमा आफूहरुले मेनपावर
व्यावसायीहरुलाई पक्राउ गरेको र कानुनअनुसार
कारवाही गरिने बताए ।‘ठगी धन्दा गरेर कानुन भन्दा
कोही पनि हुँन सक्दैन, अवैध धन्दा गर्ने विदेशमा पठाएर
अलपत्र पार्ने बढी पैसा लिनेहरुलाई कारवाही हुन्छ,’ उनले
भने ।
वैदेशिक रोजगारमा पठाउदा फ्रि भिषा, फ्रि टिकट गरी
अधिकतम दस हजार रुपैयाँ भन्दा बढी लिन नपाउने
सरकारको नीति रहेको छ । तर, केही मेनपावर कम्पनिहरुले
विदेशमा रोजगारीमा पठाउदा धेरै रकम लिने गरेको,
कामदारहरुलाई तोकिएको संझौता अनुसारको काम
नलगाई श्रमशोषण गरी मानव बेचविखन समेत गरेको,
भिजिट भिषामा कामदार पठाई विदेशमा अलपत्र पार्ने र
नक्कली कागजातहरु समेत बनाई विदेश पठाउने गरेको
आधारमा पक्राउ गरिएको एसएसपी खनालले बताए ।
पक्राउ परेकाहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीको
लागि महानगरीय प्रहरी परिसर काठमाडौ, ललितपुर र
बैेदेशिक रोजगार विभागमा पठाईएको महाशाखाले
जनाएको छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues