अाजकाे राशिफल वि.सं. २०७२ फाल्गुन १४ गते शुक्रबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी २६ तारिख,

वि.सं. २०७२ फाल्गुन १४ गते शुक्रबार तदनुसार ई. सं.
२०१६ फेब्रुवरी २६ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण,

शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र
सूर्यास्त : साँझ ०५:५३ बज

काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३५ बजे र
सूर्यास्त : साँझ ०६:०० बज

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१
बजे र सूर्यास्त : साँझ ०६:०५ बज

फाल्गुन कृष्णपक्षको चतुर्थी तिथि, बिहानको राती
०६:०३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि,

हस्ता नक्षत्र, दिउँसो ०१:२५ बजेसम्म, त्यसपछि चित्रा
नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०२:४४
बजेसम्म, त्यसपछि तुला राशिमा,


गण्ड योग, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि
बृद्धि योग,
बब करण, साँझ ०४:५८ बजेसम्म त्यसपछि बालब करण,


आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा :
दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम,
आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),
वास्तुमुहूर्त, दैलो राख्ने,

आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व
तथा शुभ मूहुर्त :
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास
(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने,
१६ गते : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी,
दैलो राख्ने, दीक्षाग्रहण,
१७ गते : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास
(होमादि), द्रव्यप्रयोग वा लगानी,

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो
समयदेखि
रोकिएका
कामहरू बन्न
सक्ने मौका
छ ।
आकस्मिक
निम्तोमा
सहभागी हुने
सम्भावना छ
। मिष्ठान्न
भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष
सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क,
विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ
प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ६ र
शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्ततिका
क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् ।
जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल
बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र
चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक
सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय
फलदायी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा
१० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरगृहस्थीमा
धेरै समय खर्चनु
पर्ने योग छ ।
वैदेशिक
रोजगारी
गर्नेेहरूले आज
घरायसी कुरा
सम्झेर दिन
बिताउने छन्
। आकस्मिक
रूपमा
स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको
स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
मातापितासँगको सम्बन्धमा समेत निराशा भाव
आउनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी
वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नजिकका
मित्रबाट
विशेष सहयोग
र सुख प्राप्त
हुने देखिन्छ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा
सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि
गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ
मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका
लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं
हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिष्ठान्न
भोजन
मिल्नेछ ।
बोलीको
प्रभाव बढ्नेछ,
आफन्तले
प्रशंसा
गर्नेछन्, जाँगर
बढ्नेछ ।
चेलीबेटी र
कुटुम्बपक्षका
काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ ।
आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश
र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार
आउने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अप्रिय र मन
नमानेको
काम वा
घटनामा
सरिक हुनु
पर्नेछ ।
व्यापारिक
वा दैनिक
कामहरूबाट
सामान्यतया
लाभ हुने संकेत
नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा
फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक
क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी
काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः
शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च बृद्धि
हुने समय
चल्दैछ ।
नकारात्मक र
निराशाजनक
भावनाले
दुखित भइने छ
। चिन्ता,
शंका र
छट्पटीले
मानसिक
तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ
कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय
क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको
अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क १ र
शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा
तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा
आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला
। नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र
राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे
नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर
बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ ।
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने
अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको
सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ
। आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका
लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें
केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दान पुण्यका
कार्यमा
आकर्षण बढ्ने
छ । पर्यटकीय
स्थल, तीर्थ
वा मन्दिरको
भ्रमण हुनसक्छ
। बौद्धिक
क्षेत्रमा
सफलता
आर्जन गर्न
उज्यालो, सफा र स्वच्छ लुगा लगाएर प्रयास गरेमा
लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ ।
आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको
काम बन्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज
चोटपटकको
भय हुनेछ ।
बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको
प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं
संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा
काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् ।
नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न
सक्दैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर
चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ ।
मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध
सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ ।
परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका
लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये
नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।



(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि,
नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी,
सुनसरी, नेपालको अक्षांश : २६ः४० उत्तर तथा देशान्तर
: ८७ः१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई
आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना
गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक
गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि,
वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको
छ )

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues