यसकारण लिए युवाहरुले तमलोपाको कार्यालय कब्जामा, मधेसी नेता भागाभाग


काठमाडौँ, ३० पुस ।

मधेसी मोर्चाको घटक तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय युवाहरुले घेराउ गरेका छन् । राजधानीका युवाहरुले विजुलीबजारमा रहेको कार्यालय घेरा हालेर कब्जामा लिएका हुन् ।



Tamalopa-2 उनीहरुले आन्दोलन फिर्ता लिई, वार्तामा आउन र वार्तालाई निष्कर्षमा पुर्याउ दबाद दिएका छन् । जनताले सामान्य जीवन यापन गर्न पाउने अधिकार पाउनुपर्ने भन्दै नाकाबन्दी खोल्न र आन्दोलन फिर्ता लिन दबाब दिने उद्देश्य तमलोपाको केन्द्रीय कार्यालय घेराउ गरिएको बताइएको छ ।

सयौँ युवा साथीहरुले पार्टी कार्यालय घेरा हालेपछि भिड तितरबितर गर्न प्रहरीलाई निकै हम्मे हम्मे नै परेको थियो । युवाहरुले तमलोपाका नेताहरुलाई वार्तालाई तत्काल निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues