यस्तो पो प्रेमः जसले मृतक प्रेमीसँग बिहे गरेर भावबिह्वलहुँदै गरिन अन्तिम बिदाइ
एजेन्सी ।
Weading_with_Dead_Lover_Thailand_903327661डेली मेलमा छापिएको समाचार अनुसार थाईल्यान्डको च्याचोङ्ग्सौ प्रान्तकी नान थिप्पारत आफ्ना मङ्गेतर फिएटको मृत्युको खबरले शोकमा डुबिन् । उनले आफ्नो बिहे उनैसँग गरेर मात्रै आफंना मङ्गेतरलाई संसारबाट बिदाइ गरिन । उनी बेहुलीको पोशाकमा सजिएकी थिइन् । थाईल्यान्डको रीति–रिजाव अनुसार उनले बिहेका सबै रीत पुरा गरेकी थिइन् । उनका मृत मङ्गेतर फिएटको शरीर पनि बेहुलाको पोशाकले सजाइएको थियो ।
बिहेको केही मानिसले तस्बिर पनि खिच्न भ्याए । त्यसपछि यी तस्बिरलाई सामाजिक सञ्जालमा पोष्ट गरियो । बिबाह समारोहमा नानका कयौं नातेदार सहभागी थिए । ज्यान गुमाएका फिएटको शरीरमा बिमारीको कुनै लक्षण पनि देखिएको थिएन । तर उनको अचानक हृदयघातबाट ज्यान गयो ।
बिहे समारोह च्याचोङ्ग्सौ प्रान्तमा आयोजित गरिएको थियो । थाईल्यान्डमा यस किसिमको बिहेलाई कानुनी मान्यता दिइएको छैन । नानले आफ्ना मङ्गेतरको मृत शरीरसँग बिहे गरेपछि आफ्नो मनलाई शान्ति दिएको बताएकी छन् । उनले कुनै न कुनै अनन्त कालमा एक दोस्रोका साथ भेट हुने विश्वास लिएकी छन् ।
-
Don't Forget To Join US Our Community