विमलको अडानमै प्रहरी अनुसन्धान, मनिषाको हत्या प्रेमी आशिषबाट भएको निष्कर्श - See more at:
काठमाडौं, ७ असार । नेपाली फुटबलर विमल घर्तीमगरले आफ्नी बहिनीको हत्या भएको अडान लामो समयसम्म पनि राखेका थिए । बहिनी मनिषाको आत्महत्या भएको भन्ने खबर जताततै छाउँदा पनि विमलले हत्या भएको र त्यसको छानविन गरी कारवाहीको माग हुनुपर्ने अडान जारी राखे । त्यतिमात्र होइन, सामाजिक सञ्जाल फेसबुकमार्फत पनि विमलले आफ्नो पीडा राख्दै हत्याको अनुसन्धान नभए मुलुकका लागि फुटबल नखेल्नेसम्मको घोषणा गरेका थिए ।
अन्ततः विमलको अडानको नजिक प्रहरी अनुसन्धान पुगेको छ । पोलिग्राफ गरी मनिषाका प्रेमी आशिष चौधरीको बयानलाई सकारेर आत्महत्या भएको भन्ने हल्लालाई माथ खुवाउँदै प्रहरीको तीन साताको अनुसन्धानले मनिषाको हत्या भएको ठहर गरेको हो मनिषाको मृत्युपश्चात प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटनास्थलमा फेला पारेको प्रमाण र अनुसन्धानका आधारमा आशिषले मनिषाको हत्या गरेकोे निस्कर्षमा प्रहरी पुगेको हो । प्रहरीले आशिषविरुद्ध सोमबारै नवलपरासी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।
मनिषाको हत्या आशिषले गरेको अनुसन्धाले देखाएकाले कर्तव्य ज्यान मुद्दा दायर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । प्रहरीले घटनाको मिसिल सरकारी वकिलको कार्यालयमा २ असारमा पेस गरेको थियो । घटनास्थलमा फेला परेको सिसाका टुक्रा, घाँटीमा लागेको पासो (कपडा), मनिषाले लगाएको च्यातिएको भित्रीबस्त्र लगायतका प्रमाण अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड, मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा समेत अनुसन्धान गरेको थियो । घटनाको दिन जेठ १२ गते आशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकेण्डमा अन्तिम कल गरेको देखिएको थियो ।
अदालतले दिएको आदेश बमोजिम अनुसन्धान थाली चौधरीमाथि कर्तव्य ज्यान मुद्दाका लागि अपिल हुने प्रहरीले जनाएको छ । चौधरीले एक बोतल वियर खाएर आफु बारीमा लडेको र त्यहिँ निदाएको भन्ने विश्वासशुन्य बयान दिएपछि प्रहरीले सक्रियतापूर्वक अनुसन्धान गरेको जनप्रहार साप्ताहिकमा समाचार छ ।
Don't Forget To Join US Our Community