प्रधानमन्त्री ओलीले नेपाललाई फेरि यसरी चिनाए विश्वमा ! ‘म आफूलाई सिद्धिचरणको सामान्य चेलो मान्छु’ - See more at

नेपाल फराकिलो मन भएको देश होः प्रम ओली

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फराकिलो मन भएको देश भएको बताएका छन् ।
आइतबार ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङलाई सम्मान गर्दै ओलीले छिमेकी देशको मुख्यमन्त्री पुरस्कृत भएपछि ‘नेपाल फराकिलो मन भएको देश हो’ भन्ने विश्वमाझ पुष्टी भएको बताए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई रु एक लाख नगदसहित प्रमाणपत्र प्रदान गरे ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो ।
चाम्लिङलाई नेपाली नागरिकता नभएको नेपाली भाषाको अनुरागीको संज्ञा दिँदै प्रधानमन्त्रीले भने, ‘पवन चाम्लिङसँग नेपाली नागरिकता छैन, जो सधैँ नेपालबाहिर बस्नुहुन्छ, तर उहाँ नेपाली भाषा, संस्कृतिप्रति लगाव राख्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले युगकवि श्रेष्ठ आफू जन्मनुभन्दा अघि नै जेलमा पर्नुभएको प्रसङ्ग कोट्याउँदै भने, ‘उहाँ न्यायको लागि लडेर जेल पर्दा मेरो जन्म पनि भएको थिएन, त्यसैले म आफूलाई उहाँको सामान्य चेलो मान्छु ।’

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues