नेपाल–चीन सम्बन्ध नयाँ मोडमा

बेइजिङ, ९  चैत । आपसी सम्बन्धलाई नयाँ मोड दिँदै नेपाल–चीनले पारवहन, यातायात, खुला व्यापारलगायत दसबुँदे द्विपक्षीय सहमति (सम्झौता र समझदारी) गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा सोमबार बेइजिङस्थित चिनियाँ संसद भवन (ग्रेट हल अफ पिपुल) मा दुई देशका प्रधानमन्त्रीबीच वार्तापछि उनीहरुको समुपस्थितिमा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा पारवहन तथा यातायात, खुला व्यापार, नेपालमा चिनियाँ बैंक स्थापना तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत छन् ।दुई देशबीच सम्पन्न पारवहन सम्झौतालाई ऐतिहासिक महत्वका रुपमा हेरिएको छ । यसअघि भारत र बंगलादेशसँग पारवहन सम्झौता गरेकामा एउटा कार्यान्वयन नहुँदा नेपाल भारतसँग मात्र निर्भर छ ।
प्रधानमन्त्रीस्तरमा वार्तापछि भएको पारवहन सम्झौतामा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । यससँगै द्विपक्षीय वार्तामा चिनियाँ पक्षबाट रेल यातायात जोड्नेलगायत प्रतिबद्धता आएको जनाइएको छ । दोस्रो सम्झौतामा नेपालमा ३२ हजार घरधुरीलाई चीनले सौर्यबत्ती जडान गरिदिनेसम्बन्धी छ । जसअनुसार नेपालको तजबिजमा भूकम्प पीडितलाई प्राथमिकता दिने गरी चीनले सोलार जडान गरिदिनेछ ।
त्यसपछिका तीनवटा सम्झौता पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छन् । जसअनुसार तेस्रो सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिदिने भन्ने उल्लेख गरिनेछ । दूतावासका अनुसार चौथोमा उक्त विमानस्थल निर्माणमा २१ अर्ब रुपैयाँ सहुलियत ऋण दिनेछ जसको २५ प्रतिशत अनुदान हुने उल्लेख छ । पाँचौंमा बाँकी लगानी चीनको एक्जिम बैंकले सहुलियत ऋण (२ प्रतिशत ब्याज) मा गर्ने उल्लेख गरिनेछ ।
यसैगरी, छैंटौँमा दुई देशका उत्पादन आयात–निर्यात गर्दा ट्रेडमार्क दर्ता गरिने विषयमा छ । सातौंमा नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्बन्धी समझदारी छ । बहुप्रतीक्षित पेट्रोलियम कारोबार सम्झौता थाती राख्दै गरिएको यस समझदारीअनुसार चीनले नेपालका कहाँकहाँ ग्यास तथा पेट्रोल खानी छन् भनी अध्ययनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने नागरिक दैनिकमा समाचार छ ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues