आज फेरी सुनको मूल्य ह्वात्तै घट्यो पुरा समाचार पढ्नुहोस्
गत साता मजबुत बनेको सुनको भाउ यो साता भने घटेको छ। साताभर सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ। आइतवार प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार स्थिर रह्यो।
मंगलबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। बुधबार ५ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँमा कारोबार भयो। बिहिबार फेरि ५ सय रुपैयाँले सस्तिएको सुन शुक्रबार १ सय रुपैयाँले घट्यो।
त्यस्तै चाँदी पनि साताभर प्रतितोला १५ रुपैयाँले घटेको छ। साताको पहिलो दिन आइतवार प्रतितोला ७ सय ३५ रुपैयाँ रहेकोमा सनिबार ७ सय २० रुपैयाँमा झरेको छ।
अमेरिकी डलरको भाउ तुलनात्मक रुपमा सस्तिएपछि सुनको भाउमा पनि प्रभाव परेको हो। त्यस्तै कच्चा तेलको मूल्य उकालो लाग्दै जानुले पनि सुनको मूल्यलाई प्रभाव पारेको विश्लेषण गरिएको छ।Click Here:भिडियो
Don't Forget To Join US Our Community

