उच्च रक्तचापले हृदयघात, मस्तिष्कघात जस्ता खतरनाक रोग निम्त्याउन सक्छ । यदि समयमा नै आफ्नो शरीरलाई हेरचाह गर्ने हो भने उच्च रक्तचाप कम गर्न सकिन्छ ।
उच्च रक्तचाप कम गर्न हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । मुख्यतया खाने कुरामा ध्यान पु¥याउने, तनाव कम लिने तथा नियमित व्यायाम गर्ने हो भने उच्च रक्तचाप कम हुने विज्ञहरू सुझाउँछन् । उच्च रक्तचाप कम गराउन मद्धत गर्ने केही खानेकुराहरू ः
– १.दुध चिल्लो कम भएको दुध खानु स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यसमा पाइने क्याल्सियम र भिटामिन डी मिलेर रक्तचाप कम गराउन मद्धत गर्दछ । दुध सेवनले शरीरमा रगतको संचारमा पनि सुधार ल्याउँछ ।
२.पालुङ्गो ताजा हरियो पालुङ्गोलाई सलादको रुपमा खाँदा शरिरमा रक्तसंचारमा सुधार आउँछ । पालुङ्गोमा क्यालोरी थोरै हुने र पोटासियम, फोलेट, फाइबर म्याग्नेसियम जस्ता तनाव प्रसस्तै पाइने भएकाले पालुङ्गो खाँदा रक्तचाप कम हुन मद्धत पु¥याउँछ ।
३.डार्क चकलेट छाला चम्किलो बनाउने, शरीरमा उर्जा बढाउने, बजन घटाउने वा बढाउने जस्ता विभिन्न फाइदा रहेको चकलेटले उच्च रक्तचाप कम गर्न र न्यून रक्तचाप बढाउन पनि मद्धत गर्छ । औषधि पनि ज्यादा खाँदा बिष बन्दछ त्यस्तै उच्च रक्तचाप भएका व्यक्तिले धेरै चकलेट खाँदा यसले रक्तचाप अझ बढाउँछ तर ७० प्रतिशत कोका पाउडर मिसिएको चकलेट दिनमा ३० क्यालोरीका दरले खाने हो भने यसले उच्च रत्तचाप कम गराउँछ ।
४.केरा केराका बिभिन्न फाइदा मध्य रक्तचाप कम गर्ने पनि एक हो । केरा मा पोटासियमको मात्रा बढि हुने भएकाले बिहान खाली पेटमा केरा खाने हो भने यसले पनि रक्तचापको मात्र कम गर्दछ ।
५.हरियो भटमास हरियो भटमासमा पोटासियम र म्याग्नेसियमको मात्रा बढी पाइने भएकाले यो उच्च रक्तचाप कम गर्ने एउटा राम्रो माध्यम हो । हरियो भटमासलाई तातो पानीमा ५ मिनेट उसिनेर खाने हो भने यसले शरीरमा उच्च रक्तचापको मात्रा कम गर्न मद्धत गर्छ
ब्लड प्रेसर घटाउने तरिका - यसो गर्नुहोस ब्लड प्रेसर प्राकृतिक तरिकाबाट घट्छ!!!! >>>>>>>>>>>>>>>>>>>>>>>>>>>see
Don't Forget To Join US Our Community
Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues

