आन्दोलनले समस्या समाधान नहुने मोर्चाको निश्कर्ष, आन्दोलनबाट भाग्दै गरेको मोर्चाको यस्तो छ नयाँ स्वरुप - See more at

मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मोर्चाको अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए । राजधानीमा आयोजीत साक्षात्कारमा उनीहरुले एकै खाले आन्दोलन लामो समयसम्म लैजान नसकिने र आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बनेको भन्दै मोर्चाको आगामि बैठकले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए ।
तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै नाशले धेरै अगाडि सम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे । उनले भने,‘हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रयाप्त छलफल गरेका छौ । मोर्चाको बैठकमा हामी त्यो कुरा राख्छौ ।’
bdbef314-98fb-41c9-a099-baeef2eba322
रायले पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोलेपनि आन्दोलनको स्वरुप परिवर्तन आवक्यक भईसकेको भन्दै अबको आन्दोलनलाई उचाईमा पुर्याउन मधेस केन्द्रीत आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गरे । उनले भने,‘हामीले अहिले मधेसको आन्दोलन हिमाल पहाडसम्म पुर्याउन काम गरिरहेको छौ । त्यसकोलागि सबैलाई संगित गरेर अघि बढ्छौ ।’
रायले मधेस आन्दोलन राष्ट्रियता र अखण्डतालाई बलियो बनाउनको लागि भएको भन्दै मोर्चाको आन्दोलन नभएको भए अहिलेसम्म राष्ट्रियता र जग हल्लिसकेको हुन्थ्यो भनि दावी गरे । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गरे ।
उनले भने,‘अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । राजधानी केन्द्रीत नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ ।’ श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै अन्तर विरोधले ढल्ने दावी गर्दै यसलाई कसैले ढाली रहन नपर्ने दावी गरे ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबै भन्दा पीडित मधेसी जनता नै नभएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसकोलागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल संबोधन हुनु पर्ने जिकिर गरे । यद्यपि उनले आन्दोलन भने माग पुरा नहुन्जेल जारी रहने बताए ।
मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दावी गर्दै सुमनले भने,‘ पीडा पर्दा कुटुम्बको मा जाईन्छ । आन्दोलनको विषयमा देश विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नेताहरु विहार जानु भएको हो । विहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन । नेपालबाट २० लाख विहारमा बुहारी भएर गएका छन । हाम्रो विहारमा पारिवारिक, भाषिक, सास्कृतिक सम्बन्ध छ । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक समर्थन खोजेको होईन ।’

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues