हात्ति र सर्पलाई जेलमा थुन्न सकिएला तर अफ्रिकाको यो समुदायलाई सकिन्न ,जो देखि प्रहरी समेत डराउँछ
समाजको पहरेदार मानिन्छ प्रहरीलाई । किनकी प्रहरीदेखि समाजका सबै समुदाय डराउने गर्छन् । तर अफ्रिकामा एउटा यस्तो समुदाय छ जोसँग प्रहरीसँग हैन, प्रहरी उसँग डराउने गर्छ । उक्त समुदायको नाम हो चेवा । न्याउ ब्रदरहुड नामले समेत चिनिने यो समुदायले आफ्ना जानकारी गोप्य राख्दै आएको छ । जसलाई ‘सीक्रेट सोसाइटी’ को नाम दिइएको छ। यो समुदायलाई भन्दा हात्ति र सर्पलाई जेलमा कैद गर्न सकिने भन्दै प्रहरी समेत बारम्बार झस्किने गर्दछ । थ्रिलर फिल्ममा खलपात्रले जसरी एक्कासी आक्रमण गर्ने यो समुदायको विशेष हो ।
यो गोप्य कुरा बेलायतका एक फोटो पत्रकारले बाहिर ल्याएका हुन् ।उक्त समुदायका मानिसहरुको जीवनशैली बुझ्न चाहेर त्यहाँ पुगेका यि फोटोग्राफरले कुनै असामान्य घटना भने भोग्नु परेन । यि तस्विरहरु बाहिर आएसँगै उनले प्रहरीले गर्न नसकेको काम गरेको भन्ने समेत चर्चा चल्यो । फोटोग्राफरले न्याउ ब्रदरहुडको जीवन शैलीका बारेमा जिज्ञासाि राख्दा समुदायकै हिस्सा नबनेसम्म यि कुरा भन्न नमिल्ने उनीहरुले बताए पछि फोटा्ग्राफर समेत जिल्ल परेर फर्केका थिए । ती फोटोग्राफरले जान्न खोजेको कुरा थाहा नपाउने जवाफ पाए। यि फोटोग्राफरलाई फोटो खिचे पश्चात त्यहाँका प्रहरीले समुदायको कसैलाई पनि कहिल्यै कारवाही नगरिने बताएका थिए।
Don't Forget To Join US Our Community