सर्वस्वसहित जन्मकैद पाएका बालकृष्ण ढुंगेल कहाँ छन् ?
काठमाडौँ, ३० पुस ।
सर्वस्वसहित जन्मकैद पाएका एकीकृत माओवादीका नेता बालकृष्ण ढुंगेलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो खटिएको छ । सरकारले दिएको आममाफी सर्वोच्च अदालतले खारेज गरेपछि ब्युरोको प्रहरीले अदालतको फैसला कार्यान्वयन महानिर्देशनालयसँगको सहकार्यका ढुंगेलको खोजी सुरु गरेको हो ।
ब्युरो स्रोतका अनुसार अदालतबाट आममाफी नदिन सरकारका नाममा आदेश जारी गर्दै फैसला तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि उनको खोजी सुरु गरे पनि उनी सीमा कटेर भारत पुगेका छन् । अदालतले दण्ड सजाय सुनाएका तर, पक्राउ नपरी फैसला कार्यान्वयन हुन नसकेको मुद्दा कार्यान्वयनका लागि ब्युरोले डिएसपी नेतृत्वमा टोली नै गठन गरी फरार पक्राउ गर्दै आएको छ ।
ुअदालतको आदेशअनुसार फैसला कार्यान्वयनका लागि उनको खोजी गर्दा आदेश आउनुअगाडि नै उनले नेपाली सीमा पार गरिसकेको देखियो, ब्युरोस्रोतले भन्यो, ‘उनी भारत पुगिसकेको सूचनाका आधारमा भारतीय पक्षसँग सहकार्यको प्रयास भइरहेको छ ।’
ओखलढुंगाका उज्जन श्रेष्ठ हत्यामा संलग्न रहेको भन्दै सर्वोच्चले बालकृष्ण र पुष्कर गौतमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । बाबुराम भट्टराईको प्रधानमन्त्रीकालमा सरकारले ढुंगेललाई आममाफी सिफारिस गरेको थियो । प्रहरीले पुष्करलाई भने यसअगाडि नै पक्राउ गरी फैसलाअनुसार कैद भुक्तानका लागि कारागार पठाइसकेको छ ।
२०५५ असार १० मा ढुंगेल र पुष्करसहितको टोलीले पारिवारिक विवादमा गोली हानेर ओखलढुंगा पोकलीका व्यापारी उज्जनको हत्या गरेका थिए । ढुंगेल लगायतकाले माओवादी द्वन्द्वका क्रममा पार्टीको नीतिअनुसार उनको हत्या भएको दाबी गरे पनि श्रेष्ठ परिवारले भने पारिवारिक कारण उनको हत्या भएको दाबी गर्दै आएको थियो ।
जिल्ला अदालतले घटनामा ढुंगेलसहितलाई दोषी ठहर गर्दै कारागार पठाएपछि जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गएका उनले सफाइ पाएका थिए । सफाइसँगै एकीकृत माओवादीमा सक्रिय भएर पहिलो संविधानसभाको निर्वाचनमा सभासद भएपछि उनी पक्राउ परेका छैनन् ।
पुनरावेदनको फैसला सर्वोच्च आएपछि भने फैसला उनको विपक्षमा भयो । सर्वोच्चले श्रेष्ठ हत्यामा उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सर्वोच्चबाट जन्मकैदको फैसला आए पनि उनी पक्राउ परेनन् ।
पुनरावेदनको फैसला सर्वोच्च आएपछि भने फैसला उनको विपक्षमा भयो । सर्वोच्चले श्रेष्ठ हत्यामा उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सर्वोच्चबाट जन्मकैदको फैसला आए पनि उनी पक्राउ परेनन् ।
२०६६ मा सर्वोच्चले जन्मकैदको फैसला सुनाए पनि फैसला कार्यान्वयन हुन सकेको छैन । अदालतबाट जन्मकैद पाएका व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी हुने र उनीसँगै फैसला कार्यान्वयनमा अदालतलाई सघाउने जिम्मेवारी पाएको प्रहरीका उच्च अधिकारीसमेत सँगै देखिएपछि प्रहरीको आलोचना हुँदै आएको छ ।
खुला रहेका उनको मुद्दा राजनीतिक प्रकृतिको भएको भन्दै माओवादी नेतृत्वको सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि श्रेष्ठकी दिदी सावित्री रिट बोकेर सर्वोच्च गएपछि अदालतले अन्तरिम आदेश दिँदै प्रक्रिया रोकेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले पुनः उनलाई समानुपातिकको सूचीमा राखेको थियो । निर्वाचनमा माओवादी तेस्रो पार्टीमा खुम्चिएसँगै बालकृष्ण अर्धभूमिगत भएको नागरिक दैनिकमा समाचार छ ।
Don't Forget To Join US Our Community

