आजको राशिफल : वि.सं. २०७३ साल असार १० गते। शुक्रबार। इश्वी सन् २०१६ जुन २४ तारिख।नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– चतुर्थी - See more at:

आजको राशिफल – मिति वि.सं. २०७३ साल असार १० गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ जुन २४ तारिख – आषाढ कृष्णपक्ष
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर प्राप्त हुनुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मेहनतले अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। समयमा सहयोगीहरू जुटिदिनाले आँटेको काम सम्पादन हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। बाध्यताका काममा अलमलिनुपर्ला। तापनि मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। भौतिक साधन जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। मनग्य धन आर्जन हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनुका साथै सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट मनग्य धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। पठन–पाठनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथ दिनेहरू बढ्नेछन्। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदाका पछि लाग्दा शुभचिन्तकहरूसँग असमझदारी बढ्न सक्छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बन्न लागेको काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
 राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues