कुनै दिदि बहिनिले बिवाह गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने विवाह अघि युवायुवतीले सोध्नै पर्ने केही सवाल - See more at:

काठमाडौं । विवाह दुई व्यक्तिबीचको प्रेम, विश्वास र परस्पर तालमेलको सम्बन्ध हो । यस कारण विवाह अघि केही महत्वपूर्ण सवालका बारेमा जानकारी हुनु अति आवश्यक छ । तपाईको आफ्नो हुनेवाला जीवन साथीको स्वभावका बारेमा जानकारी हुनु पर्दछ । तपाईंलाई यो पनि थाहा हुनु आवश्यक छ कि तपाईंको हुने वाला पार्टनर विवाहका लागि तयार हो ? उसलाई विवाहको के महत्व हो ? साथै तपाईंसँग विवाह हुनेवाला सँग केही महत्वपूर्ण सवालको जवाफ माग्नु आवश्यक पर्छ, ताकी विवाह पछि कुनै कुरामा पछुताउनु नपरोस् । आउनुहोस् विवाह अघि जान्नुपर्ने केही सवाल विवाहको महत्व हिजोआज विवाह अघि केटा र केटीबीच कुराकानी गर्ने अवसर मिल्ने गरेको छ । यस कारण विवाह अघि नै सबै सवालका बारेमा जान्नु बुद्धिमानी हुन्छ । यसले तपाईंको वैवाहिक जीवन मजबुद गर्छ । यसका लागि तपाईं सबै भन्दा पहिले तपाईंको हुनेवाला जीवन साथीसँग यो सोध्नुहोस् कि, ‘किन विवाह गर्न खोजिएको हो ?, विवाहले उसको जीवनमा के महत्व राख्छ ?’ कतैबाट दबाब छ की के तपाईंको हुने वाला जीवन साथीको ईच्छा र मञ्जुरीमा विवाह गर्न लागेको हो या उसमाथि कसैको दबाब छ की ? यस विषयमा स्पष्ट हुनु आवश्यक छ । यस्तै ऊ तपाईंसँगको विवाहमा खुशी हुन्छ नी ? साथै विवाहपछि आउने जिम्मेवारीको निर्वाह गर्न मानसिक रुपमा तयारी छ या छैन ? यि र यस्ता सवालको अवश्य जानकारी लिनुहोस् । अतितका बारेमा जानकारी विवाहको जिम्मेवारी निर्वाह गर्नका लागि आपसी सम्बन्ध राम्रो हुनु आवश्यक छ । यसका लागि आफ्नोबारेमा पछि उठ्न सक्ने सवालका सम्बन्धमा आफ्नो हुनेवाला साथीसँग पहिले नै जवाफ माग्नु पर्दछ । सामान्यतया विवाह पूर्व एक अर्काको विगतका बारेमा जान्नु आवश्यक छ । यस्तै आफ्नो ब्याइफ्रेण्ड र गर्लफ्रेण्ड छ की छैन ? यो जान्नु झनै आवश्यक छ । आर्थिक अवस्था राम्रो लाइफस्टाइलका लागि पैसा एकदमै आवश्यक बस्तु हो, यसलाई इन्कार गर्न सकिँदैन पनि । यसर्थ आफ्नो भावी जीवन साथीसँग उसको आर्थिक स्थितिका सम्बन्ध कुरा गर्नु र जान्नु आवश्यक छ । साथै यो पनि सोध्नुहोस्, ‘ऊ भविश्यमा आर्थिक जिम्मेवारी कसरी पूरा गर्छ ? जसले विवाह पछि कुनै समस्या नआओस । घर–गृहस्थीका सम्बन्धमा हुनेवाला साथीसँग यसबारेमा सवाल गर्नुहोस् कि, ‘ऊ घर–गृहस्थी कसरी सम्भाल्छ ?’ यस सम्बन्धमा उसको धारणा के हो ? यसको अलवा परिवार नियोजनका विषयमा कस्तो विचार छ ? हनीमून र भविश्यमा बच्चाका सम्बन्धमा कस्तो योजना छ ? यी विषयमा पनि विवाह अघि नै स्पष्ट हुनु आवश्यक छ । विवाह र रोमान्समा जोडिएको सवाल विवाह र रोमान्समा जोडिएको सवाल पनि विवाह अघि जान्नु आवश्यक छ कि ताकी भविश्यमा कुनै समस्या नआओस् । तपाईं भावी जीवन साथीसँग सोध्नुहोस् कि, ‘विवाह अघिको सेक्स र रोमान्सका बारेमा कस्तो धारणा छ ?’ यसको अलवा उसको मित्रहरुसँग कस्तो सम्बन्ध छ ? विवाह पछि पनि मित्रहरुसँग पूर्ववत सम्बन्ध जारी राख्छ ? के मित्रहरु विवाह अघि कै जस्तो घर आउन जान पाउने छन् ? यी सवाल विवाह अघि जान्नु आवश्यक छ । के के छन् रुचीका विषय विवाह अघि भावी जीवन साथीको रुचीका बारेमा पनि जान्नु आवश्यक छ । मानौं उसलाई कस्ता कुरा मन पर्छन ? कुन–कुन कुरामा रुची छ ? उसलाई घुमाउन मन पर्छ ? के उसलाई डेटिङ र रोमान्समा मन जान्छ ? कि ऊ गम्भीर स्वभावका हुन ? यी कुरा जान्नु तपाईंका लागि अति नै जरुरी विषय हो । के हो लक्ष्य यो एक महत्वपूर्ण सवाल हो की जुन विवाह अघि जान्नै पर्ने, ‘तपाईंको भावी जीवन साथीको जीवन लक्ष्य के हो ? विवाह अघि एक अर्काको जीवन लक्ष्यका बारेमा कुराकानी गर्नुहोस् र एक अर्काको जीवन लक्ष्यको सम्मान पनि गर्नुहोस् । आफ्नो साथीको बारेमा जानकारी लिइसकेपछि आफ्नो बारेमा पनि बताउनुहोस् भलै खराबै किन नहोस् । घरेलु भूमिकाका सम्बन्धमा भावी घरका बारेमा रहने आफ्नो भूमिकाका सम्बन्धमा कुराकानी गर्नुहोस् । बच्चा लगायतको जिम्मेवारी कुन तरिकाले निर्वाह गर्ने हो ? विवाह अघि तपाईं आफ्नो भविश्य कस्तो देख्नु भएको छ र चाहानु हुन्छ ? यस विषयमा अवश्यक कुराकानी गर्नुहोस् । स्वभावका विषयमा विवाह अघि आफ्नो भावी जीवन साथीको स्वभाव र विचारका बारेमा जानकारी लिनु अति आवश्यक हो । किन कि एक अर्काको विचार नमिल्दा भविश्यमा कुनै न कुनै प्रकार दिग्दारी आउन सक्छ । यसैको कारण भविश्यमा वैवाहिक सम्बन्ध टुट्न पनि सक्छ । यस कारण एकअर्काको विचार जान्नु र सहमत हुनु विवाह अघि निकै महत्वपूर्ण कुरा हो । - 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues