कांग्रेसकै कार्यक्रममा प्रधानमन्त्री ओली पुगेर यसरि खनिए - See more at:

काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमाथि संविधानको कार्यान्वयनमा उदासीन बनेको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले बिहिबार काँग्रेसकै नेता तथा कार्यकर्ताहरुले भरिएको हलमा पुगेर संविधान जारीपछि काँग्रेसले विस्तारै बाटो बिराएको र आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनप्रति नै उदासीनता देखाएको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदानजिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको लोकतान्त्रीकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान तथा संविधान कार्यान्वयन’ विषयको विचार गोष्ठीमा उहाँले देश, जनता र लोकतन्त्रका लागि कहिल्यै भाँजो नहालेको बताए  ।

प्रधानमन्त्री ओलीले भने , “मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा स्व कोइरालाको ठूलो योगदान रहेको छ ।” प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैँ आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पारे  ।
-उनले जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेका थिए  । “संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ”–प्रधानमन्त्री ओलीले थपे  ।
क्रान्ति र शान्तिको नेताः पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइराला क्रान्ति र शान्तिका नेता भएको बताए  । उनले भने , “गिरिजाबाबुले राजनीतिमा कहिल्यै विश्राम लिनुभएन ।”
नेता पौडेलले नेपालको राजनीतिमा नेपाली काँग्रेसको सिद्धान्तको विकास हुँदै गएपनि पार्टी पराजित हुँदै गएकामा दुःख व्यक्त गरे  । उनले  नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको ठूलो भूमिका रहेको स्पष्ट परेका थिए  ।
नेता पौडेलले सरकारले वार्ताको वातावरण बनाएर आन्दोलनरत मधेसी मोर्चाका मागलाई समेट्नुपर्नेमा जोड दिए  । उनले भने, “संविधान निर्माणसँगै प्राप्त अधिकारलाई गुमाउन नदिन छलफल र वार्ता आवश्यक छ ।” उनले स्थानीय निकायको निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिल्लाको संरचना बनाएर अगाडि बढ्नु जरुरी रहेको औँल्याएक थिए  ।
साहसी र दृढसङ्कल्पित नेताः गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कोइराला साहसी र दृढसङ्कल्पित नेता भएको बताए  । उनले  कोइराला नभएको भए नेपालको लोकतान्त्रिक आन्दोलन सफल नहुने स्पष्ट पारे  ।
उपप्रधानमन्त्री गच्छदारले भने , “मुलुकमा राजनीति स्थिरता अहिलेसम्म पनि पूरा भएको छैन, यसलाई पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।” गच्छदारले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन उपेन्द्र यादवसँग पार्टी विभाजन गरेको स्पष्ट पारे  ।
फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीति विकासमा गिरिजाबाबुले खेल्नुभएको भूमिका अतुलनीय रहेको छ कुरा राखिन  । उनले भनिन , “मुलुकमा संविधान निर्माण भएको छ, यसलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ ।”
कार्यक्रममा डा राम थपलियाले गिरीजाप्रसाद कोइरालाको व्यक्तित्वसम्बन्धी तयार पारिएको वृत्तचित्र प्रस्तुत गरे  ।
-

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues