अफगानिस्तान घटनाबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी -
काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी ओलीले बुधबार व्यवस्थापिका संसदलाई सम्बोधन गरेका छन् । असार ६ गते अफगानीस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि नै सो विषय संससलाई जानकारी गराउने तयारी गरेका थिए । तर कांग्रेसले विगत ६ दिनदेखि गरेको संसद अबरोधका कारण सफल हुन सकेको थिए ।
- सो घटनाका बारेमा संसदलाई जानकारी गराउँदै प्रम ओलीले घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने बताए । उनले सुरक्षा व्यवस्था कमजोर भएका चार मुलुकमा नेपाली कामदार पठाउन रोक लगाएको संसदलाई जानकारी गराए ।
प्रधानमन्त्री ओलीले काबुल विस्फोटमा मारिएका नेपालीको शव र घाइतेहरुलाई ल्याउन रोजगारदाता कम्पनीले प्रतिव्यत्ति १० हजार डलर दिएको कुरा सरासर झुटा रहेको दावी गरे ।
-
Don't Forget To Join US Our Community