ग्रेटर नेपालको नक्सा लिदैँ चीनले पठायो खतरनाक जबाफ '

काठमाण्डौ /  लामो समयदेखि ग्रेटर नेपालको आवाज उठाउँदै आएका फणिन्द्र नेपालले अन्तत चीनको उच्च नेतृत्व तहसम्म पुगेर ग्रेटर नेपालको बारेमा जानकारी गराएका छन् । उनले चीनको उच्च नेतृत्व तहमा पुगेर ग्रेटर नेपाल यो हो भन्दै प्रष्ट बारेको बिज्ञप्ती मार्फत बताएका छन् ।


चीनको सेनझेन रिजनल इकोनोमिक को–अपरेसन एन्ड प्रमोसन एसोसिएसनको निमन्त्रणामा करिब दुई साता लामो भ्रमण पछि काठमाडौं फर्किएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेइजिङमा उच्च स्तरीय भेटघाट गरेको जनाउदैँ उक्त कुरा प्रष्ट पारेका हुन् ।

यस क्रममा उनले चीनका राष्ट्रपति सी जिन पिङका प्रमुख सल्लाहकार प्रोफेसर ली जिक्वाङ(Li Xiguang_-Li Xiguang)लाई ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको बताएका छन् ।

यसका अतिरिक्त मोर्चाका अध्यक्ष नेपालले सिचुआन विश्वविद्यालयका चारजना प्रोफेसरहरुसँगको संयुक्त भेटघाटका क्रममा वहाँहरुलाई पनि ग्रेटर नेपालको नक्सा उपलब्ध गराइ नेपाल, चीन, भारत सम्बन्धका विषयमा गम्भिर छलफल गरेको जानकारी दिएका छन् । भेटघाटका क्रममा उनले चिनियाँ जनमुक्ति सेनाका दुई जना जनरललाई पनि भेटेका थिए ।

राष्ट्रपतिका सल्लाहकार लीसँगको भेटका क्रममा चीन सरकार र कम्युनिष्ट पार्टी अफ चाइना (CPC) का थिङ्क ट्याङ्क मानिने प्रो. लीले नेपालले जस्तै चीनले पनि सीमा समस्या भोगिरहेको बताउँदै भौगोलिक अखण्डताका विषयमा नेपाल र चीनले मिलेर ठोस रणनीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

ग्रेटर नेपालबारे बंगलादेशका कूटनीतिज्ञहरुले आफूसँग जिज्ञासा रोखेको बताउँदै ग्रेटर नेपालको अवधारणा अध्ययनका निम्ति अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरेका थिए । तिब्बतको मामिलामा निकै संवेदशील देखिएका प्रो. लीले तिब्बतको विषयमा नेपाल विदेशी तत्वको तारो बन्न सक्ने भएकाले यस विषयमा दुबै देशले संयुक्त रणनीति अख्तियार गरेर त्यो तत्वका विरुद्ध सँगै लड्नुपर्ने बताएका थिए । बिज्ञप्तीमा भनिएको छ ।
- पुर्बेलीन्युज बाट 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues