मृगौलामा पत्थरी कसरी हुन्छ ? लक्षण, उपचार के खाने के नखाने जान्नै पर्ने कुरा..
छिल्लो समय मिर्गौलाको पत्थरीका बिरामी बढिरहेको अवस्था छ । यसबारे आम सर्वसाधारणलाई सही जानकारी नभएको मात्रै होइन, कतिपयलाई भ्रम पनि छ । मिर्गौलाको पत्थरीबारे डा. दिलजान मंसूरले मिर्गौला तथा मूत्ररोग विशेषज्ञ डा. कृष्ण काजी भोमीसँग गरेको कुराकानीको सम्पादित अंश: साधारण भाषामा पत्थरी भन्नाले मिर्गौला, मूत्रनली वा मूत्रथैलीमा जम्ने एक किसिमको ठोस पदार्थलाई बुझिन्छ । पत्थरी शरीरका धेरै भागमा जम्न सक्छन् । जस्तै, पित्तको थैली, मूत्रनली । आज हामी यहाँ पिसाबसँग सम्बन्धित मूत्रनली, मिर्गौला तथा मूत्रथैलीमा हुने पत्थरीको कुरा गर्दै छौं ।
Don't Forget To Join US Our Community

