फेरी प्रधानमन्त्री ओलीले गरे अर्को ठुलो नयाँ घोषणा
काठमाडौ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट नुवाकोटको विदुर जोडने सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेका छन् । सूर्यविनायकमा २ सय ४५ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानको शिलान्यास गर्दै सो कुरा बताएका हुन् ।नुवाकोटको सदरमुकाम विदुर पुग्न कम्तीमा तीन घन्टा लाग्ने गरेको भन्दै सुरुङमार्ग निर्माणपछि आधा घण्टामा पुग्न सकिने दावी गरेका छन् । काठमाडौं–विदुर ४.१७५ किलोमिटर सुरुङ बनेपछि कम्तीमा आधा घन्टामा विदुर पुग्न सकिने उनको भनाई छ ।
सुरुङमार्ग बनेपछि बाढी– पहिरो डर नहुने बताए । काठमाडौं–विदुर सुरुङ मार्ग बनाउन पनि धेरै लागे पनि यात्रा छोटिँदा हुने लगातारको बचतले धेरै लागत पनि कम हुने बताए ।
प्रधानमन्त्री ओलीले उद्यान सञ्चालनमा आएसँगै भक्तपुरका धेरै क्षेत्रमा विकास ल्याउने दावी गरेका हुन् । ‘प्राणी उद्यान सञ्चालनमा आएपछि यो हेर्न धेरै मान्छेहरु हेर्न आउनेछन्’, उनले थपे, ‘यहाँ आएपछि यहीं खाजा, खाना खानेछन्, आराम गर्ने छन् । यसले यहाँको गुणात्मक वृद्धि विकास हुनेछ ।
मानव निर्मित र प्राकृतिक जीवित संग्रहालय भएको संसारमा अन्यत्र कतै नभएको दावी गर्दै उनले यी दुईको संगमले भक्तपुर सम्बृद्ध र विकसित हुने दावी गरे
।
समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले स्थानीय बासिन्दाका समस्यालाई सम्बोधन अहिल्यै के कसरी गर्नेबारे ध्यान दिन सुझाव दिए । निकुञ्ज तथा वन क्षेत्रबाट स्थानीय बासिन्दालाई हुने दुःख तथा हानी नोक्सानीबारे पहिला नै सोच्नु पर्ने उनको धारणा थियो ।

Don't Forget To Join US Our Community