चीनसहित विश्वका ६ राष्ट्रले भारतलाई एनएसजीको सदस्य बनाउन नहुने अडान राखेसँगै भारतका लागि ढोका बन्द भएपछि पाकिस्तानीहरुले यसलाई आफ्नो सफलता मानेका छन् ।

काठमाडौं, १२ असार । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को ढोका भारतका लागि बन्द भएको विषयले पाकिस्तानमा खुबै चर्चा पाएको छ ।
चीनसहित विश्वका ६ राष्ट्रले भारतलाई एनएसजीको सदस्य बनाउन नहुने अडान राखेसँगै भारतका लागि ढोका बन्द भएपछि पाकिस्तानीहरुले यसलाई आफ्नो सफलता मानेका छन् ।
चीन नजिक मानिने पाकिस्तानले पनि भारतलाई रोक्न अनौपचारिक भुमिका निभाएको चर्चा दिल्लीमा हुँदै आएको छ र अहिले पाकिस्तानले यसलाई आफ्नो सफलता मान्नुले पुष्टि गर्दछ ।
पाकिस्तानको कराँचीबाट छापिने पत्रिका ‘जंग’ लेख्छ– चीन, टर्की, ब्राजिल, इजरायल, अष्ट्रिया, न्यूजील्याण्ड र आयरल्याण्डले एनएसजीका लागि भारतको सदस्यता प्रस्ताव यस आधारमा अस्वीकार गरेकी उसले परमाणु फैलाउन रोक्ने सम्झौता एनपीटीमा हस्ताक्षर गरेन् ।
पत्रिकाले अगाडि लेखेको छ- यो भारतीय अधिकारीका लागि ठूलो झट्का हो र सैद्धान्तिक प्रक्रियाबाट जाने पाकिस्तानी प्रयासको स्पष्ट सफलता हो ।
पत्रिकाका अनुसार पाकिस्तानले चीन र टर्कीका साथै विश्वका अन्य ५५ राष्ट्रसँग एनएसजीमा आफ्नो सदस्यताका लागि छलफल गरेको छ र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको छ । यो पनि पाकिस्तानका लागि ठूलो सफलता हो भनिएको छ ।
लाहोरबाट प्रकाशित हुने पत्रिका ‘नवा ए वक्त’ले पाकिस्तान र भारत दुबैले एकसाथ एनएसजीको सदस्यता पाउनुपर्ने अन्यथा भेदभावपूर्ण तरिकाले भारतलाई मात्र एनएसजीको सदस्य बनाइए यसबाट दक्षिण एसियामा अस्थिरता बढ्ने चेतावनीसहितको समाचार लेखेको छ ।
पाकिस्तानको विदेश मन्त्रालय र वुद्धिजिवीलाई उद्धृत गर्दै लेखिएका समाचारले दिल्लीमा ठूलै हलचल पैदा गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बीबीसी हिन्दीसहित थुप्रै भारतीय मिडियाले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
(बीबीसी हिन्दीबाट)
.dainiknepal

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues