नेपाली युवतीलाई मात्र हुने यौन रोग के हो थाहापाई राख्नुस् । थाहा पाए कुरा अरुलाई पनि शेयर गर्नुस्
यौन रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा यौन सम्पर्क गर्दा वा यौन अंगकोसम्पर्कबाट सर्ने गर्दछ। यी रोगहरुले यौन तथा प्रजनन अंगहरुमा संक्रमण गर्छ । र बाँझापन, गर्भपतन तथा अधिग्रो जाने जस्ता
असरहुन सक्छ । यौन रोगले एचआईभी सर्ने सम्भावनालाई ८/१० गुनासम्म बढाउँछन् । जसले गर्दा एड्स सर्दछ । धेरैजसो प्रचलित यौनरोगहरुमध्ये एचआईभी/एड्स, गोनोरियल (धातुरोग) सिफिलिस (भिरिङ्गी),यौन अंगमा हुने जनै खटिरा, यौनांगमा मासु पलाउने तथा क्लामिडिया इत्यादि हुन् ।यौन रोग कसरी सर्दछ ।
यौन रोग जुनसुकै किसिमको यौन सम्पर्क (मुख, योनी, गुदा प्रयोग गर्ने यौन सम्पर्क) बाट पनि सर्छन् । यौन सम्पर्क हुँदा रोगका किटाणु रोगी व्यक्तिबाट निरोगी व्यक्तिको शरीरमा पर्दछ । यस्ता किटाणु शरीरको न्यानो र ओसिलो ठाउँ (जस्तैः मुख, योनी लिंग तथामलद्धारा मा फस्टाउँछन् । धेरै जसो यौनरोगहरु एपचारद्धारा निको पार्न सकिन्छ । तर हालसम्म एड्सको कुनै उपचार छैन। त्यसैले यो प्राणघातक हो । कहिलेकाँही यौनरोग लागेर पनि कुनै संकेत नपर्न सकछ । कुनैबेला संकेत देखा पर्छ र आफै निकोपनि हुन्छ । तर राम्ररी उपचार नगरेसम्म शरीरमा यौन रोग रहिरहन्छन् । त्यसैले यदि यौन अंगबाट असामान्यरुपमा सेतो पानी बग्ने, यौनांग दुख्ने, रातो हुने वा मासु पलाउने भएमा यौन रोगीले तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउनु पर्दछ ।
Don't Forget To Join US Our Community

