काठमाडौंका घरधनीलाई खुशीको खबर ! अब महानगरपालिकामा घण्टौं कुर्नु नपर्ने
११ असार, काठमाडौं । काठमाडौं महनगरपालिकामा घरको नक्सा र मुद्दासम्बन्धी प्रतिलिपि लिन जाँदा घण्टाैं लाग्नु त सामान्य हो, तर कहिले एक-दुई दिन नै लागेको भोगाइ तपाईसँग पक्कै होला । अबको डेढ वर्षपछि जग्गाका यस्ता कागजातको प्रतिलिपि दिन महानगरपालिकालेे बढीमा आधा घण्टा बढी कुराउने छैन ।
तपाईंले ‘हराएछ, च्यातिएछ, धमिराले खाएछ’ लगायतका झन्झटिला जवाफ पनि सुन्नुपर्ने छैन । किनभने महानगरपालिकाले घर र नक्साका यस्ता कागजातको डिजटलाइजेशन सुरु गरेको छ ।
अब महानगरभित्रका सबै घरका प्रतिलिपिहरुको डिजिलडाज्ड रेकर्ड रहने भएको छ । पुराना कागजातहरु असुरक्षित हुने र खोज्दा नभेटिने लगायतका कारण सबै महत्वपूर्ण कागजातलाई डिजिटलाइज्ड गर्न सुरु गरिएको महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अनलाइनखबरलाई बताए ।
के हो डिजटल रेकर्ड ?
अहिले प्रायः सबै सरकारी कार्यालयको कागजात राख्ने पद्दति राणाकालकै जस्तो नै छ । कपडामा पोको पारेर स्टोरमा लगेर कागजपत्र फ्याँक्दा त्यो खोजेको समयमा नभेटिने मात्रै होइन, मुसा, धमिराले खाने, ओस्सिएर वा मक्किएर जाने तथा च्यातिएर कामै नलाग्ने हुनेसम्मका समस्या देखिएका छन् । यही समस्यालाई सामाधा गर्न सबै महत्पूर्ण कागजातको रेकर्ड विद्युतीय रुपमा राख्न लागिएको हो ।
डिजिटल रेकर्ड तपाईंका घरका कागजातको विद्युतीय दस्तावेज हो । अहिले कागजी रुपमा मात्रै रहेका कागजातलाई अब विद्युतीय रुपमा कम्प्युरटर प्रणालीमा सुरक्षित गरिनेछ । अहिलेसम्म २३ सय फाइल र १६ देखि सत्र हजार पाना डिजिलाइज्ड भइसकेका छन् । ७ सय वटा फाइल विद्युतीय दस्तावेजका रुपमा परिणत भएका छन् ।
अब १० हजार नक्सा पनि डिजिलाइज्ड गरेर सकिएको महानगरपालिकाका मिसिल शाखा प्रमुख देवीकुमार तिमल्सिनाले बताए । यो प्रक्रियामा घरसम्बन्धीका २ लाख १० हजार फाइल र ३१ लाख ५० हजार पाना कागजात डिजिटलाइज्ड गरिनेछ ।
त्यसपछि घर जग्गाका कागज पोको पारिएको कपडामा हैन, कम्प्युटरमा खोजिनेछ । त्यसको भौतिक कागजात आवश्यक परेमा कम्प्युटरले नकै कुन दराजको कति नम्बर ‘रो’ मा उक्त फाइल छ भनेर देखाइदिनेछ । जसबाट फाइलहरु खोज्न सजिलो हुनेछ ।
फाइलमा गरिने कोडिङ कसरी गरिँदैछ ?
घर तथा नक्साका सर्जमिन मुचुल्का, नक्शा पास र निर्माण सम्पन्न हुँदा प्राविधिक प्रतिवेदन, नक्सा पास प्रमाणपत्र, पास भएको नक्सा, निर्माण सम्पन्न प्रमाणपत्र, घर बजनाउन गुठीले दिइएको इजाजतपत्र, जग्गा छाडेको मञ्जुरीनामा र बाटो छाडेको मञ्जुरीनामालाई डिजिलाइज्ड गरिँदैछ । यसका लागि सानादेखि ठूला विद्युतीय स्क्यानिङ मेसिनको प्रयोग भइरहेको छ ।
यसबाहेक नक्सापास निवेदन, डिजाइनरको रिपोर्ट सूचना टाँस मुचुल्का भने फाइलका रुपमा सुरक्षित नै राखिएको छ । यसलाई भने डिजिटलाइज्ड गरिएको छैन ।
फाइलहरुलाई एक-एक गरेर पल्टाएर त्यसबाट आवश्यक कागज झिक्दै महानगरका कर्मचारीले डिजिलाइज्ड गर्न दिइरहेका छन् । यो काम सक्न करिब १८ महिना लाग्ने अनुमान छ ।
यो प्रक्रिया समाप्त भएपछि महानगरपालिकाले आफ्ना सेवग्राहीको सबै रेर्कडलाई डिजिटलहरु उपलब्ध गराउन सक्छ । कम्प्युटरमा छोटो समयमै सेवाग्राहीका कागजात र तिनका प्रतिलिपिहरु एकैछिनमा हेर्न र भेटाउन सकिन्छ । साथै सक्कली कागजपत्रलाई पनि व्यवस्थित रुपमा राखिने भएकाले यसैले छिटो छरितो रुपमा सेवा दिन सहज हुने कार्यकारी प्रमुख तामाङले बताए ।अनलाइनखबरबाट

Don't Forget To Join US Our Community