प्रधानमन्त्री ओलीले दिय मृतकहरु लाइ सलामी, शोकमा डुबेको इएरपोर्टमा ओली सरकारको जय होस भन्दै गुन्जियो नारा

काठमाडौं, ८ असार । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै दृश्य देखियो । सधै कर्मचारीको सलामी खाने प्रधानमन्त्रीले आफै सलामी ठोकिरहेका थिए ।पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थल पुगेर विदेशी भुमिमा मारिएका नेपाली कामदारको शव बुझ्दै सलामी ठोकेका हुन् ।

विमानस्थलमा खटिएका प्रहरी उपरीक्षक प्रमोद कुमार खरेलका अनुसार अफगानिस्तानको काबुलमा सोमबार विहान आत्मघाती हमलामा मारिएका १२ नेपालीलाई प्रधानमन्त्री ओलीले सलामी ठोकेका हुन् ।





प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्रीले नै सलामी ठोकेपछि सबैले सलामी ठोकेका थिए र त्यसपछि जयजयकारको नारा लाग्यो । सबैले भन्न थाले ‘ओली सरकारको जय होस’ ।

मृतकका आफन्तहरुले सरकारको छिटो कामकारबाही देखेर सरकारलाई धन्यवाद दिए । उनीहरुले प्रधानमन्त्री ओलीसँग हातै मिलाएर आजसम्म कुनैपनि सरकारले प्रवासी नेपालीका लागि यत्ति सक्रियताका साथ काम नगरेको भन्दै ओली सरकारलाई धन्यवाद दिएका थिए ।

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues