रेलपछि अब काठमाडौंदेखि चीनको ल्हासा सिधा बस चल्ने, भयो नयाँ सम्झौता
काठमाडौं, १५ असार । नेपाल र चीनबीच मंगलबार राजधानी काठमाडौंमा १६ बुँदे नयाँ सम्झौता भएको छ ।
चारदिन देखि काठमाडौंमा जारी नेपाल–तिब्बत संयुक्त पर्यटन समन्वय समितिको नवौं बैठकमा मंगलबार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच पारस्परिक हित प्रर्वद्धनसम्बन्धी १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भएको सम्झौतामा काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालन गर्ने सहमति भएको छ ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले चीनको तिब्बतका पदाधिकारीसँग काठमाडौँ–ल्हासा सिधा बस सेवा सञ्चालन गर्ने समझदारी भएको जानकारी दिए ।
उनले भने– ‘काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालन गर्न बस सेवा प्रदान गर्ने कम्पनी, यात्रा प्रारम्भ र रोकिने स्थान, सुरक्षा, बसको टिकट बिक्रीलगायत कामका लागि ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले चिनियाँ पक्षसँग समन्वय गर्ने सहमति भएको छ ।’
यसअघि काठमाडौंसहित देशका विभिन्न भागबाट नेपाल-भारत बस सेवा मात्रै सञ्चालन हुँदै आइरहेको थियो । अब चीनसँग पनि बस सेवाबाट नेपालीहरु जोडिने भएका हुन् ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि हात मिलाउँदै नेपाल र चीनका अधिकारी ।
यसैगरी ल्हासा–काठमाडौँ–ल्हासा हवाई सम्पर्क अझ बढाउन तथा मनासिब हवाई भाडा निर्धारण गर्न नेपाल र तिब्बतका अधिकारी सहमत भएका छन् भने पर्यटनसम्बन्धी निकायमार्फत पारस्परिक सहयोग विस्तार गर्न पनि आपसी सहमति भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको भ्रमणका बेला चीनसँग पारवाहन र रेलमार्ग निर्माण सम्बन्धि सम्झौता भएको थियो । उक्त सम्झौतापछि चीनले नेपालका लागि भनेर गान्सु प्रान्तबाट काठमाडौंका लागि रेल पठाएको थियो । उक्त रेलबाट नेपाल आयात हुने सामग्रीहरु ल्याइने गरिएको छ ।
पर्यटन विभागका महानिर्देशक ढकालका अनुसार यसैवर्ष ल्हासामा आयोजना हुने तेस्रो चीन तिब्बत अन्तर्राष्ट्रिय पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन पनि चिनियाँ अधिकारीले पर्यटन विभाग, नेपाल पर्यटन बोर्डलगायत नेपालका पर्यटन व्यवसायीलाई आमन्त्रण गरेका छन् ।
यो सम्झौतापत्रमा चीनका तर्फबाट तिब्बत पर्यटन विकास समितिका उपाध्यक्ष गा मा जे डेङले हस्ताक्षर गरेका थिए ।

Don't Forget To Join US Our Community