अफगानिस्तान, सिरिया, लिबिया, र इराकमा कामदार पठाउन सरकारले लगायो प्रतिबन्ध

काठमाडौं, ९ असार ।  सरकारले अफगानिस्तान, सिरिया, लिबिया, र इराकमा नेपाली कामदार पठाउन रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चार मुलुकमा कामदार पठाउन प्रतिबन्ध लगाएको हो ।
सरकारले आन्तरिक द्वन्द्वका र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले ती मुलुकमा कामदार जान रोक लगाउने निर्णय गरेको हो ।तीन दिन अघि १३ जना नेपालीको अफगानिस्थानको काबुलमा तालिबानीले गरेको आक्रमणमा परी ज्यान गएको थियो ।
मन्त्रिपरिषद्ले सोमबार १३ जनाको ज्यान जानेगरी घटेको घटनामा ज्यान गुमाउनेका परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । अफगाननिस्तानमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहे त्यसका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ ।
सरकारले अफगान घटना र कामदारहरुको अवस्थाको बारेमा विस्तृत अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको सरकारका प्रवक्त समेत रहेका सञ्चारमन्त्री शेरधन राईले बताए 

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues