काजुको नियमित सेवन गर्दा हुने फाइदाहरु

काठमाडौँ । कजुको प्रयोग विशेष गरी मिठाई र तरकारीको ग्रेवीलाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । काजु बाट बनेका धेरै प्रकारका मिठाई बजारमा देख्न पाईन्छ । यसको प्रयोग बाट बनेका मिठाई निकै स्वादिष्ट हुने गर्दछ । स्वादका साथै सुखानै पनि काजु खाने गरिन्छ । काजुको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ ।काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।
यस्ता छन काजुको सेवनको फाइदाहरु :-
१. काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ
२. कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ
३.काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ
४.काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।
५.नियमित बिहानै खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ
६.काजु  नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन
७.  काजु  नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues