चीनले नेपालका लागि सुरु गर्यो रेलसेवा-चीनबाट सामान बोकी काठमाडौँ १० दिनमा आइपुग्ने - See more at:
सिगात्सेबाट सडकमार्ग हुँदै उपभोग्य सामान काठमाडौं ल्याईने छ । पिपुल डेली चाइनाका अनुसार चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ । ५ सय ६४ किलोमिटर सडकबाटा हुँदै कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् र त्यहाँबाट नेपाली कन्टेनरहरुले सामान काठमाडौं ल्याउने छन् । चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने छ ।चीनका गान्सु प्रान्त, किङ्घाई प्रान्त, तिब्बतीयन स्वयत्त क्षेत्र र नेपालसहितका दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध बिस्तारका लागि यो सुरुवात गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार यो सुरु भएको हो ।

Don't Forget To Join US Our Community

