एयरपोर्ट यसरी ठग्छन ठेकेदार र माफियाले कामदारलाई

741f3ddd-c701-437f-a3f5-447c0f8e5eb4काठमाडौं, ३१ वैशाख । पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन(यूनिट्राभ)ले वायुसेवा र पर्वतीय तथा पथप्रर्दशक क्षेत्रमा कार्यरत श्रमिकहरुले झेल्दै आएको समस्याबारे श्रम तथा रोजगार मन्त्री दिपक बोहरालाई जानकारी गराएको छ ।
यूनिट्राभले मन्त्री बोहरालाई भेटेर देखिएको समस्या तत्काल समाधान गर्न ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । एयरपोर्ट भित्र ठेकेदार र माफियाहरुबाट श्रम शोषण भइरहेको विषयलाई उठान गर्दै यूनिट्राभले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ, ʽश्रमिकलाई श्रम ऐनले दिएको सेवा सुविधा, रोजगारीको प्रत्याभूति विरुद्ध कार्य भई रहेको हुँदा मन्त्रीज्यू समक्ष यो विषय अवगत गराउँदछौ ।ʼ
यूनिट्राभका महासचिव सुमन पराजुलीद्धारा जारी विज्ञप्ती अनुसार वायुसेवा तथा पर्वतीय क्षेत्रका मजदुरका समस्यालाई निम्न ७ बुँदामा ज्ञापनपत्रमार्फत उल्लेख गरिएको छ ।
१. एयरपोर्टमा नेपाल वायुसेवा निगम भित्र ठेक्का प्रथामा काम गर्ने श्रमिकको नेपाल वायुसेवा निगममा व्यवस्थापक र ठेकेदार कम्पनीले व्यापक श्रम शोषण गरेको हुँदा सिधा कम्पनी मार्फत करामा नियुक्त गरियोस्, ठेक्का प्रथाको अन्त्य गरियोस् ।
२. एयरपोर्ट कार्यरत स्थायी, अस्थायी, करार र ठेक्कामा कार्यरत श्रमिकको सेवा, सुविधा बिमाका साथ साथै सामाजिक सुरक्षा र रोजगारीको ग्यारेन्टी गरियोस ।
३. जोखिम क्षेत्र विशेष गरि ट्रेकिङ क्षेत्र र पर्वतीय क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा, बिमा, उचित ज्याला निर्धारण गरियोस् । टान र श्रमिक बीच भएको सहमति अनुसार कार्यन्वयन भएको ज्याला गाइडको प्रतिदिनको १,४५० रुपैंया र पोर्टरको १,३०० रुपैंया, दुर्घटना बिमावापत हिमाल आरोहीलाई १५ लाख रुपैंया र टे«किङ गाइड र पोर्टरलाई १० लाख रुपैंया राजपत्रमार्फत नै व्यवस्थित गराईयोस् ।
४. हिमाल आरोहण गर्ने क्रममा कुनै श्रमिक घाईते भएमा उनीहरुको उपचार राज्यवाट गरियोस् र यदि निधन भएमा उनीहरुका बालबच्चालाई शिक्षादीक्षा, रोजगारीका साथ स्वास्थ्य उपचारमा राज्यको तर्फबाट ध्यान दिइयोस् ।
५. टे«किङ मार्गका हरेक रुटमा हिमाल उद्धार केन्द्र, विश्राम स्थल र स्वास्थ्य केन्द्रको निर्माण गरियोस् ।
६. वैशाख ५ गते पर्वतारोही क्षेत्रमा निधन भएका श्रमिकको सम्झनामा स्मृति दिवस घोषणा गरियोस ।
७. यस क्षेत्रमा श्रमिकको समस्यालाई समाधान गर्नको लागि मन्त्री परिषदको निर्णयबाट उच्च स्तरीय कार्यदल गठन गरियोस् र कार्यदलमा मन्त्रालय, विशेषज्ञ, टान, एनएमए, यूनिट्राभ र सरोकार निकायका प्रतिनिधि रहने गरि कार्यदल गठन गरियोस् ।
श्रमिकको ज्ञापन बुझ्दै श्रममन्त्री दिपक बोहराले ठेक्काको नाममा एयरपोर्टका श्रमिकहरुको शोषण हुन नहुने भन्दै एयरपोर्ट, ट्रेकिङ क्षेत्रका श्रमिकको समस्या समाधान गर्न एयरपोर्ट व्यवस्थापन, टान, एनएमएसँग वार्ता गरेर उच्चस्तरीय कार्यदल बनाउने आश्वसन दिएका छन् ।
साथै यूनिट्राभले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेल र पर्यटन सचिव प्रेम राईसमक्ष पनि उक्त ज्ञापनपत्र बुझाएको छ ।
-

Don't Forget To Join US Our Community

Nepal's no 1 breaking blog news website with full features of personalisation. We deliver the latest updates on national and international issues