विदेशबाट श्रीमानले कमाएर ल्याएको रकम र गर गहनासहित श्रीमती वेपत्ता
जनकपुरधाम, जेठ ९ – महोत्तरीको डाम्हीमडै ९ बस्ने सुरेश मुखिया विदेशबाट फर्किएको एक महिनामै श्रीमती तेतरी वेपत्ता हुनुभयो ।
३ वर्ष मलेसिया बसेर गएको चैतमा स्वदेश फर्किएका सुरेशले कमाएर ल्याएको रकममात्र होइन विवाहको बेलाका गर गहनासमेत लिएर तेतरी घरबाट हिँड्नुभएको हो । सुरेशका अनुसार तेतरी वैशाख १३ गते कोहि नभएको मौका छोपेर घरमा रहेका नगद र गरगहना लिएर भाग्नु भएको हो । त्यसपछि तेतरीको केहि अत्तोपत्तो छैन ।तेतरीको खोजीका लागि आफन्त, नातागोता र प्रहरी प्रशासनमा पुगेका सुरेश कतैबाट पनि तेतरीको खबर नआउँदा पीडामा परेको सुनाउनुहुन्छ । उहाँले तेतरी हराएको भनेर पत्र पत्रिकामासमेत सूचना निकाल्नु भएको छ ।
अहिले उहाँलाई आफ्नो कमाई बोकेर श्रीमती हिँडेको पीडाले मात्र होइन, तेतरलाई वेपत्ता बनाएको भनेर ससुराली पक्षले प्रशासनमा दिएको उजुरीले पनि सताउने गरेको छ ।
‘श्रीमती र सम्पत्ति गुमाएको पीडा त छँदै छ’ सुरेश भन्नुहुन्छ ‘ससुराली पक्षले भने तेतरीलाई कहाँ लगिस भनेर मलाई नै तनाव दिने गरेका छन् ।’ सुरेशले नै तेतरीलाई वेपत्ता पारेका ससुराली पक्षको आरोप छ । तर सुरेश भने तेतरी अर्के पुरुषसँग भागेको र आफूले त्यो पुरुषलाई नचिनेको बताउनुहुन्छ ।
मलेसियाबाट फर्केपछि फेरियो तेतरीको व्यवहार
विवाह गरेको एक वर्षपछि नै सुुरेश मलेसिया जाँदा दुखी रहेकी तेतरी सुरेशले मलेसियाबाट कमाएर पठाउन थालेपछि खुसी हुनुहुन्थ्यो । बेला बेलामा फोनमा हुने वार्तालापमा घर फर्किन आग्रह गर्ने गरेको सुरेशले सुनाउनुभयो ।
तर जब उहाँ ३ वर्ष मलेसिया बसेर घर फर्कनुभयो । तेतरीको व्यवहार अचानक परिवर्तन भयो । आफू आएदेखि नै तेतरीले राम्ररी नबोलेको उहाँले बताउनुभयो ।
सुरेश र तेतरीको २०६९ साल वैशाखमा सिरहाको मिर्चैया नगरपालिका १२ की १७ वर्षकी तेतरीसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।विवाह भएको १ वर्षपछि सुरेश घरपरिवारलाई सुख दिने र एक मात्र बहिनीलाई विवाह गर्नका लागि धन कमाउने भन्दै सुरेश मलेसिया हानिनुभयो ।
मलेसिया पुगेका सुरेशले आफूले कमाएको रकम बेलाबखत घरमा पठाइरहनु भएको थियो । रेमिट्यान्सबाट त्यो रकम तेतरीले नै बुझ्ने गर्नुभएको थियो ।

Don't Forget To Join US Our Community